Shiva Bhandari

Shiva Bhandari

Share

Principal of Jyoti punja model English School Rampur dang

Photos from Shiva Bhandari's post 08/01/2026
07/01/2026
31/12/2025

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरद्वारा संचालन हुने विद्यालयका सबै शिक्षकहरूका लागि सिकाइ चौतारी डिजिटल लर्निङ पोर्टल (learning.cehrd.gov.np) प्रयोगसम्बन्धी १ दिने अनलाइन अभिमुखीकरण कार्यक्रममा सहभागिताका लागि दिइएको लिंक वा QR Code प्रयोग गरी फाराम भर्न सहजीकरण गरी आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।

Form Link : https://forms.gle/mzK1zT1HRhbXu5bM8

QR Code :
QR_code-सिकाइ चौतारी अनलाइन अभिमुखीकरण कार्यक्रम.png

learning.cehrd.gov

31/12/2025

#कक्षाकोठाका_रंगीन_पोस्टर_चार्ट_चित्र_जस्ता_सजावट_बालबालिकाका_लागि_किन_हानिकारक_हुन_सक्छ?

आजको प्रारम्भिक बाल शिक्षामा “आकर्षक कक्षाकोठा” भन्ने कुरा निकै चर्चित छ। रंगीन पोस्टर, चार्ट, चित्र, झुण्ड्याइएका सामग्री र सजावटले भरिएको कक्षा धेरैलाई आधुनिक र प्रभावशाली देखिन्छ। तर मनोविज्ञान र शिक्षाशास्त्रका गहिरा अध्ययनहरूले देखाएका छन्—अत्यधिक सजावट बालबालिकाको सिकाइमा सहयोगी होइन, बरु बाधक बन्न सक्छ।
प्रख्यात विकासात्मक मनोवैज्ञानिक Jean Piaget का अनुसार प्रारम्भिक उमेरका बालबालिका (Pre-operational stage) अझै ध्यान केन्द्रित गर्ने क्षमताको विकासको चरणमै हुन्छन्। उनीहरू एकैपटक धेरै उत्तेजनालाई प्रशोधन गर्न सक्दैनन्।
अमेरिकी संज्ञानात्मक मनोवैज्ञानिक Daniel Willingham भन्छन्—
“Attention is the gateway to learning.”
जब कक्षाकोठा अत्यधिक रंग, चित्र र दृश्य सामग्रीले भरिन्छ, बालबालिकाको ध्यान शिक्षक, गतिविधि वा सिकाइ सामग्रीभन्दा भित्ताका सजावटतिर तानिन्छ। नतिजा—सिकाइ सतही र अस्थिर हुन्छ।
धेरै शिक्षक र अभिभावक भन्छन्—“सुरुमा मात्र ध्यान भंग हुन्छ, पछि त बानी पर्छ।”
तर Carnegie Mellon University का अनुसन्धानकर्ता Fisher, Godwin र Seltman (2014) ले गरेको अध्ययनले उल्टो तथ्य देखायो। अत्यधिक सजावट भएका कक्षामा बालबालिका धेरै हप्ता बितिसक्दा पनि कम सजावट भएका कक्षाकोठाभन्दा अझै बढी विचलित देखिए।
यसले Behaviorism का प्रवर्तक B.F. Skinner को सिद्धान्त सम्झाउँछ—पर्यावरण (environment) ले व्यवहारलाई निरन्तर प्रभाव पारिरहन्छ; समयसँगै प्रभाव हराउँछ भन्ने ग्यारेन्टी हुँदैन।
प्रसिद्ध संज्ञानात्मक वैज्ञानिक John Sweller को Cognitive Load Theory अनुसार, सिकाइका लागि मस्तिष्कमा सीमित कार्यस्मृति (working memory) हुन्छ।
जब भित्ताको हरेक भाग चित्र, शब्द र रंगले भरिन्छ, त्यसले अनावश्यक extraneous cognitive load सिर्जना गर्छ।
बाल मनोवैज्ञानिकहरूका अनुसार यस्तो दृश्य भीडले बालबालिकामा:
छिटो थकान
चिडचिडोपन
असहजता
गतिविधिप्रति अरुचि
जस्ता व्यवहार देखिन सक्छन्। Maria Montessori ले त्यसैले भनेकी थिइन्—
“The environment should be calm, orderly, and purposeful.”
दार्शनिक Lao Tzu ले भनेका छन्—
“Simplicity is the ultimate sophistication.”
शिक्षामा पनि यही सत्य लागू हुन्छ। Rudolf Steiner (Waldorf Education) ले बालबालिकाको आन्तरिक कल्पनाशक्तिलाई प्राथमिकता दिन बाह्य दृश्य उत्तेजना न्यून राख्नुपर्नेमा जोड दिएका छन्।
अत्यधिक सजावट हटाउनु भनेको कक्षा नीरस बनाउनु होइन।
समाधान हो—कम तर अर्थपूर्ण सजावट।
शान्त र प्राकृतिक रंग
बालबालिकाले आफैं बनाएका कामहरूको प्रदर्शन
सिकाइसँग प्रत्यक्ष सम्बन्धित सामग्री
समयअनुसार परिवर्तन हुने सजावट
जसले कक्षा सिकाइ–मैत्री, मनोवैज्ञानिक रूपमा सुरक्षित र बालकेन्द्रित बनाउँछ।
#साभार

31/12/2025

अत्यधिक चिसोबाट सुरक्षित रहनु तथा अरूलाई पनि सुरक्षित राख्नु हामी सबैको साझा दायित्व हो। तसर्थ, स्वास्थ्य सुरक्षा र शैक्षिक निरन्तरताका लागि देहायअनुसारका भूमिका तथा जिम्मेवारीहरू निर्वाह गर्न सम्बन्धित सबैमा अनुरोध
#स्वास्थ्य सचेतनाका सम्बन्धमा (सबैका लागि)
१.अत्यधिक चिसोबाट बच्न न्यानो कपडा, टोपी, मोजा तथा गल्फको नियमित प्रयोग गर्नुहाेस्।
२.बिहान र बेलुका चिसो बढी हुने समयमा अनावश्यक रूपमा बाहिर ननिस्कनुहाेला ।
३. तातो पानी, झोलिला तथा पोषणयुक्त खानेकुरा सेवन गर्न ध्यान दिनुहोला।
४. ज्वरो, खोकी, रुघाखोकी वा अन्य स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुहाेला ।
५. साना बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्नुहाेला ।
#अभिभावकज्युहरु
१. बालबालिकालाई घरमै सुरक्षित तथा न्यानो वातावरणमा राखी स्वास्थ्यप्रति सचेत गराउनुहाेला ।
२. नियमित अध्ययनको बानी कायम राख्न समयतालिका बनाई अध्ययनमा उत्प्रेरित गर्नुहाेला ।
३. मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल माध्यमको अनावश्यक प्रयोगमा नियन्त्रण गर्न सहयोग गर्नुहाेला ।
४. विद्यालयबाट प्रदान गरिएका गृहकार्य तथा अभ्यासमा आवश्यक सहजीकरण गर्नुहाेला ।
#विद्यार्थिहरु
१. विद्यालय विदालाई अध्ययन–अभ्यासको अवसरका रूपमा सदुपयोग गर्नुहाेला ।
२. दैनिक रूपमा पाठ्यपुस्तक दोहोर्‍याउने, नमूना प्रश्न हल गर्ने तथा पुनरावृत्ति गर्ने बानी बसाल्नुहाेला ।
३. स्वास्थ्यलाई प्राथमिकतामा राखी अनुशासित र नियमित दिनचर्या अपनाउनुहाेला ।
४. आगामी परीक्षा लक्षित तयारीमा आत्मअनुशासन र निरन्तरता कायम राख्नुपर्नेछ।
#शिक्षक/शिक्षिकाहरु
१. विद्यार्थीलाई आत्मअध्ययनका लागि आवश्यक निर्देशन, सामग्री तथा मार्गदर्शन उपलब्ध गराउनुपर्नेछ।
२. फोन, अनलाइन वा अन्य उपयुक्त माध्यममार्फत आवश्यक परामर्श तथा सहजीकरण गर्नुपर्नेछ।
३. परीक्षा तयारीसँग सम्बन्धित शैक्षिक सहयोग निरन्तर प्रदान गर्न सक्रिय रहनुपर्नेछ।

शीतलहरको यस कठिन समयमा स्वास्थ्य सुरक्षा र अध्ययनलाई समान रूपमा प्राथमिकता दिँदै सबै पक्षबाट सक्रिय सहकार्य हुने अपेक्षा र विश्वास ।
Copied fb

29/12/2025

गुणस्तरीय शिक्षाको लागि सामुदायिक र निजी विद्यालयबिच समन्वय र प्रगाढ सम्बन्ध जरुरी : मन्त्री न्यौपाने
दाङ, १२ पुस । घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले एक कार्यक्रमको आयोजना गरी आज शनिबार आफ्नो ३२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता र निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष निर्मल न्यौपाने र घोराही उपमहानगरपालिका वडा न २ का अध्यक्ष चित्र बहादुर चौधरीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री न्यौपानेले सामुदायिक र निजी विद्यालयबिच आलोचना र प्रतिस्पर्धा नभई समन्वय र प्रगाढ सम्बन्ध बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सामुदायिक र निजि विद्यालयका सामु शिक्षालाई गुणस्तरीय बनाई विश्व सँग प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । यो चुनौती सामना गर्नका लागि एकले अर्कोलाई आलोचना नभई समन्वय जरुरी रहेको बताउनुभयो ।

राज्यले गर्नुपर्ने काम निजी विद्यालयले गरेको भन्दै मन्त्री न्यौपानेले शिक्षाको बिकासका लागि निजी विद्यालयको सिको सवैले गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका बिशिस्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले शिक्षा क्षेत्रको बिकास नै देशको सवै क्षेत्रको बिकास भएको हुँदा त्यसका लागि निजि विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्ने काम गरिरहेको बताउनुभयो । अर्का बिशिस्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल ज्योतिपुञ्जले गाउँतहमा शिक्षाको बिकासका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो । प्याब्सन घोराही नगर अध्यक्ष बालकृष्ण वलिले शिक्षा क्षेत्रको बिकासका लागि निजी विद्यालयहरुले निकै योगदान गरेको भन्दै सवैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माणका लागि लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारीले विद्यालयले गरेका गतिबिधिलाई समेटेर बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयमा आफ्नो छोराछोरीलाई नियमित रुपमा पठाउने, छोराछोरीको गृहकार्यको नियमिततामा ध्यान दिने, अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनका लागि प्रेरित गर्ने, अभिभावक अन्तरक्रियामा नियमित रुपमा सहभागी भइ विद्यालयलाई अमूल्य सल्लाह सुझाव दिनुहुने अभिभावकहरु मध्येवाट वर्ष उत्कृष्ट अभिभावक बिधामा कमला परीयार, उत्कृष्ट स्वस्थकर खाजा पठाउने अभिभावक बिधामा बिपना अधिकारीलाई सम्मान गरिएको छ ।

यसैगरी विद्यालयमा सबैभन्दा कम विदा लिई नियमित रुपमा विद्यालयमा हाजिर हुने शिक्षक सिर्जना आचार्य, विशेष शिक्षकको रुपमा लामो समयदेखि कार्यरत शिक्षकहरु मैना भण्डारी,रिमाभण्डारी र बिरमती बि।क। लाई सम्मान गरिएको थियो साथै लामो समयदेखी कार्यरत कर्मचारी दामोदर थापालाई कदर पत्र सहित सम्मान गरिएको छ । विद्यालयको ३२ औं वार्षिकोत्सवको अबसरमा अभिभावक बिचमा भएको कुर्सीदौड प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने यमा गोराथोकी,प्रतीक्षा अधिकारी र सपना कालाथोकी र शिक्षकहरुबिच भएको चम्चा दौड प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने मदन घिमिरे,शर्मिला बस्नेत र सीता रिजाललाई पुरस्कार बितरण गरिएको थियो ।

त्यस्तै गत शैक्षिक बर्षमा कक्षा उत्कृष्ट, वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेल तथा साहीत्यीक कार्यक्रमहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । यसैगरी विद्यालयमा प्रिपाइमेरी तहमा उत्कृष्ट हुने वसन्त पोख्रेल, कक्षा १ देखि ५ सम्म उत्कृष्ट हुने निशान पाण्डेय र कक्षा ६ देखि ८ सम्म उत्कृष्ट हुने सोनिया अधिकारीलाई पुरस्कार बितरण गरिएको थियो भने विद्यालयको छात्रवृत्ति कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ मा ३.६० जिपिए भन्दा माथि लिने विद्यार्थीहरु वर्षा थापा,प्रतीक खनाल,कृतिमा चौधरी,अनुजा चौधरी,समीर खनाल,रिदम भुसाल र भावना जोशीलाई जनही ५,१०० नगदसहित पुरस्कृत एवं सम्मान गरिएको थियो ।

यसैगरी बर्ष उत्कृष्ट विद्यार्थी विधामा कक्षा ६ की छात्रा प्रत्युसा कालाथोकी, मोस्ट हाइजेनिक विद्यार्थी बिधामा कक्षा ६ की छात्रा रचना चौधरी , मोष्ट अनुशासति विद्यार्थी बिधामा कक्षा १ का छात्र सुचित भण्डारी,अङ्ग्रेजी भाषा प्रवर्धन गर्ने विद्यार्थी विधामा कक्षा ६ का छात्र अनिश पाण्डेय,वेष्ट एङ्करीङ स्डुडेन्ट अफ द ईअर विधामा कक्षा ७ कि छात्रा पूर्णिमा खड्का,बर्ष उत्कृष्ट नियमित हाजिर हुने विद्यार्थी विधामा निशान पनण्डे,सोया तामाङ,ओजस्वी पाण्डे,जानभी खत्री,संगम थापा,रिज्मा भुसाल,रोजी भुसाल,सदिशन आचार्य,निर्जला पाण्डेय,साजना चौधरी,मन्जिता रिजाल,अनुजा कवँर,विपिशा चौधरी,सोनिया अधिकारी र सुशान्त तामाङलाई समेत पुरस्कार सहीत सम्मान गरिएको थियो यसैगरी वेष्ट हाउस अफ द ईएर २०८२ू को विधामा रेड हाउसका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार गरेका आर्ट एण्ड क्राफ्टहरुको मूल्याङ्कनमा पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थी समूहहरुलाई पनि नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीका तिन दर्जन बढी गीत, गजल, कविता, नृत्य, नाटक प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षकद्वय मनिसा मरमथानी र सिर्जना आचार्यले गर्नुभएको थियो ।

गुणस्तरीय शिक्षाको लागि सामुदायिक र निजी विद्यालयबिच समन्वय र प्रगाढ सम्बन्ध जरुरी : मन्त्री 29/12/2025

गुणस्तरीय शिक्षाको लागि सामुदायिक र निजी विद्यालयबिच समन्वय र प्रगाढ सम्बन्ध जरुरी : मन्त्री गुणस्तरीय शिक्षाको लागि सामुदायिक र निजी विद्यालयबिच समन्वय र प्रगाढ सम्बन्ध जरुरी : मन्त्री न्यौपाने 2 days ago Goraksha News ....

22/12/2025

मोबाइल धेरै चलाउँदा लाग्ने २० खतरनाक रोगहरू
(साँचो चेतावनी – आज नबुझ्यौँ भने भोलि पछुतो बाहेक केही बाँकी रहनेछैन)
जो मान्छे दिनको धेरै घण्टा मोबाइलमा हराइरहन्छ,
उसको शरीर शान्त देखिए पनि भित्र–भित्रै धेरै रोग पलाइरहेका हुन्छन्।

मोबाइल धेरै चलाउँदा लाग्ने २० खतरनाक मानसिक र शारीरिक रोगहरू:

१. आँखा कमजोर हुने (Digital Eye Strain)
२. अनिद्रा रोग (Sleep Disorder)
३. डिप्रेसन (Depression)
४. चिन्ता र डर बढ्ने (Anxiety Disorder)
५. स्मरण शक्ति कमजोर हुने (Memory Loss)
६. ध्यान केन्द्रित गर्न नसक्ने (ADHD जस्तै समस्या)
७. टाउको दुखाइ र माइग्रेन
८. घाँटी दुख्ने (Text Neck Syndrome)
९. कमर र ढाड दुख्ने
१०. औँला र नाडी दुख्ने (Carpal Tunnel Syndrome)
११. मोटोपन (Obesity)
१२. हृदय रोगको जोखिम
१३. रक्तचाप असन्तुलन
१४. पाचन प्रणाली बिग्रिने
१५. हार्मोन असन्तुलन
१६. बच्चामा बोली ढिलो विकास हुने
१७. सम्बन्ध टुट्ने, एक्लोपन बढ्ने
१८. क्रोध र चिडचिडापन बढ्ने
१९. वास्तविक जीवनप्रति अरुचि (Social Isolation)
२०. आत्मविश्वास घट्ने र जीवनप्रति निराशा

मोबाइल धेरै चलाउने मान्छे
➡️ हाँस्दै मोबाइल हेर्छ
➡️ रोँदै मोबाइलमै शरण खोज्छ
➡️ परिवार छेउमै हुन्छ, तर मन टाढा भइसकेको हुन्छ

आज बाबु–आमा छोराछोरीसँग बसेर पनि बोल्दैनन्,
श्रीमान–श्रीमती एउटै ओछ्यानमा भए पनि फरक–फरक स्क्रिनमा हराइरहेका छन्।
घर छ, तर संवाद छैन।
मान्छे छन्, तर सम्बन्ध मरेका छन्।

मोबाइलले
📱 आँखा बिगार्छ
📱 निद्रा चोर्छ
📱 समय लुट्छ
📱 भावना सुकाउँछ
📱 र अन्ततः स्वास्थ्य समाप्त पार्छ

मोबाइल छोड भन्नु मूर्खता होइन,
मोबाइललाई सीमामा राख भन्नु बुद्धिमानी हो।

आज समयमै सचेत भयौँ भने
👉 शरीर बच्छ
👉 मन बच्छ
👉 परिवार बच्छ
👉 जीवन बच्छ

नत्र भोलि अस्पतालको बेडमा बसेर
“त्यतिबेला मोबाइल कम चलाएको भए…”
भन्नु बाहेक केही बाँकी रहनेछैन।

मोबाइल हातमा होइन, नियन्त्रणमा राखौँ।
स्वास्थ्य बचाऔँ, सम्बन्ध बचाऔँ, जीवन बचाऔँ। # # # copy # # #

26/04/2025

कक्षाकोठामा हुने सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन शिक्षकहरूलाई केही सुझावहरू:

बदलिदो समयमा कक्षाकोठालाई प्रभावकारी ढंगले सञ्चालन गर्न शिक्षकहरूमा रूपान्तरण जरुरी छ। साना साना प्रयासहरूबाट पनि कक्षाकोठालाई सुधार्न सकिन्छ जसका लागि यी केही सुझावहरु सहयोगी हुनेछन् भन्ने विश्वासका साथ प्रस्तुत गरिएको छ।

१. पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन:
प्रत्येक शिक्षकले राष्ट्रिय पाठ्यक्रमको मर्मअनुसार दैनिक रूपमा योजनाबद्ध ढंगले शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्दछ। यसको लागि दैनिक पाठ योजना (Daily Lesson Plan) अनिवार्य रूपमा तयार पारिनुपर्छ। दैनिक पाठ योजनाको सही प्रयोगबाट शिक्षण सिकाईलाई प्रभावकारी बनाई सहज ढंगले पाठ्यक्रम निर्देशित लक्ष्य हासिल गर्न सकिन्छ।

२. शिक्षणमा विविधता र आकर्षण:
विद्यार्थीलाई बुझाउन सहज हुने तरिकाहरू - वास्तविक उदाहरण, श्रव्य-दृश्य सामग्री, प्रयोगात्मक कार्य, प्रश्नोत्तर आदिको प्रयोग गरी शिक्षण कार्यलाई जीवित, रोचक र अर्थपूर्ण बनाउन सकिन्छ।

३. समसामयिक विषयवस्तुमा अपडेट रहनु:
विश्व घटनाक्रम, नवीनतम प्रविधि, सामाजिक विषय आदिमा शिक्षकले आफूलाई सधैं अद्यावधिक राखी ती विषयलाई अध्यापनसँग सम्बन्धित गराई कक्षा सञ्चालन सञ्चालन गर्दा विद्यार्थीहरूलाई प्रभावकारी ढंगले विषयसँग जोड्न सकिन्छ।

४. प्रविधिको सदुपयोग:
डिजिटल शिक्षण उपकरण (जस्तै: PowerPoint, Smartboard, Online resources, LMS) को उपयोग गरी शिक्षणको गुणस्तरमा सुधार र समयानुकूल बनाउन सकिन्छ।

५. आलोचनात्मक र फरक सोच सिकाउन प्रेरणा:
शिक्षकले विद्यार्थीहरूलाई रट्न होइन — बुझ्न, विश्लेषण गर्न, आफ्ना विचार राख्न, प्रश्न गर्न प्रेरित गर्ने प्रवृत्तिको विकास गर्नु अत्यावश्यक छ जसबाट विद्यार्थीलाई थप सिक्न र सृजनशील बनाउन सकिन्छ।

६. सृजनात्मक क्षमता विकासमा जोड:
कला, सिर्जना, अभिव्यक्ति, लेखन, चित्र, परियोजना कार्य आदिको माध्यमबाट विद्यार्थीहरूमा सृजनशीलता उजागर गराउने प्रयास गर्नुपर्छ। यसबाट विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

७. विद्यार्थीको क्षमता पहिचान र प्रवर्धन:
प्रत्येक विद्यार्थीमा अपार प्रतिभाको सम्भावना छ, त्यसलाई बुझ्न, प्रोत्साहन गर्न र उजागर गर्न शिक्षकको भूमिका निर्णायक हुन्छ। शिक्षकको सकारात्मक भूमिकाद्वारा विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सकिन्छ।

८. विद्यालय प्रशासनसँग सकारात्मक सम्बन्ध:
शिक्षक र विद्यालय प्रशासनबीच विश्वास, संवाद र सहकार्य हुनुपर्छ जसले सम्पूर्ण शैक्षिक वातावरणलाई समृद्ध बनाउँछ। र सजिलै सकारात्मक परिणामहरू हासिल गर्न सकिन्छ।

९. सूचना प्रवाह र समन्वयमा सक्रियता:
शिक्षकले विद्यालयमा हुने गतिविधि, सूचनाहरू समयमै बुझ्ने, दिने र विद्यार्थी–अभिभावकसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्ने जिम्मेवारी लिनुपर्छ। जसका कारण विद्यार्थी र अभिभावकका बीचमा हुने दुरीलाई कम गर्दै सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

१०. अनुशासन र व्यवहारमा संवेदनशीलता:
विद्यार्थीलाई अनुशासित, सभ्य, उत्तरदायी बनाउने प्रयास कक्षा कोठामै सुरु हुन्छ। शिक्षकले आफ्नै व्यवहारबाट उदाहरण प्रस्तुत गर्नुपर्छ। विद्यार्थीको सार्वाङ्गीण विकासको एउटा महत्त्वपूर्ण हिस्सा शिक्षक नै हो। शिक्षकले योजनाबद्ध ढंगले अभिभावकलाई पनि घरको शिक्षककै रुपमा विकास गरी व्यवहार र आचरण निर्माणमा जोडेर विद्यार्थीको समग्र सुसंस्कृत हुने प्रक्रियामा सहभागी बनाउँदै अनुशासित बनाउन सकिन्छ।

डीके ढुङ्गाना
व्यवस्थापक प्रिन्सिपल
रेडियन्ट रिडर्स एकेडेमी, सानेपा, ललितपुर

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Bharatpur
Bharatpur