Gyanganga Pathashala

Gyanganga Pathashala

Share

We Inspire, Motivate, Care and Educate.

18/06/2026

VACANCY ANNOUNCEMENT

Gyanganga Pathashala
Tilottama–4, Rupandehi

Applications are invited from qualified and enthusiastic candidates for the following position:

Position: Basic Level Science Teacher

Required Qualification:
- B.Sc. or equivalent qualification

Preference:

- Experienced candidates will be given priority.

Interested candidates are requested to submit their application along with relevant documents on or before 9th Asar, 2083.

For further information:
☎ 071-560227
📱 9857030440

Photos from Gyanganga Pathashala's post 05/06/2026

ज्ञानगंगा निर्वाचन–२०८३ भव्य रूपमा सम्पन्न

ज्ञानगंगा पाठशालामा विद्यार्थीहरूको नेतृत्व क्षमता, उत्तरदायित्व र लोकतान्त्रिक संस्कारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ज्ञानगंगा निर्वाचन–२०८३ उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन प्रक्रियामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विद्यालय परिसर लोकतान्त्रिक उत्सवमय वातावरणले भरिएको थियो।

निर्वाचनको परिणामअनुसार स्कुल क्याप्टेन पदमा प्रतिक हिस्की निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उप–स्कुल क्याप्टेन पदमा मिसन क्षेत्री २०६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रिजल भण्डारी ९६ मत र श्रीधर कँडेलले ४९ प्राप्त गरेका छन्।

बाल क्लबको नेतृत्वमा अंशु क्षेत्री १८२ मतसहित अध्यक्ष पदमा निर्वाचित भएकि छन् भने उनका निकटतम प्रतिद्वन्दी एलिसा शर्माले १५६ मत प्राप्त गरेकी छिन्। त्यसैगरी बाल क्लबको उपाध्यक्ष पदमा युजिन बुढाले २०९ मत प्राप्त गरी विजयी भएका छन्। त्यसैगरी क्रमश: आस्था बि.के. १५६ मतसहित सचिव, समृद्धि क्षेत्री १०९ मतसहित कोषाध्यक्ष, दिया मगर ७७ मतसहित सह–सचिव तथा अनुस्का भुसाल १९१ मतसहित सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

बाल क्लब सदस्य पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा निम्न १० जना विद्यार्थीहरु निर्वाचित भएका छन्:

* आगमन अधिकारी – २०१ मत
* खुसी सिञ्जाली – १९३ मत
* विनायक अर्याल – १७९ मत
* प्रिन्स भण्डारी – १७७ मत
* सुलभ ज्ञवाली – १४४ मत
* अनुस्का क्षेत्री – १३९ मत
* प्रिन्सेस गुरुङ – १३८ मत
* इशानी थापा – १३६ मत
* राधिका खत्री – १३२ मत
* उत्तम ज्ञवाली – १२९ मत

निर्वाचनले विद्यार्थीहरूलाई मतदानको महत्व, नेतृत्व चयन प्रक्रिया तथा जिम्मेवार नागरिक बन्ने आधारभूत मूल्यहरू व्यवहारिक रूपमा सिकाउने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ। उम्मेदवारी दर्तादेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न भएको अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले जानकारी दिनुभयो।

निर्वाचन अधिकृत विद्यालयका सहप्राचार्य केशवराज पन्तले निर्वाचन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूले विद्यालयको शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउँदै विद्यार्थी हितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास विद्यालय प्रशासनले लिएको छ। यस निर्वाचनसँगै ज्ञानगंगा पाठशालामा विद्यार्थी नेतृत्वको नयाँ अध्याय सुरु भएको छ।
विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने र प्राचार्य चन्द्र अधिकारीले सम्पूर्ण निर्वाचित विद्यार्थीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।





29/05/2026

🇳🇵१७ औँ गणतन्त्र दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा Gyanganga Pathashala परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नेपाली जनताको लामो संघर्ष, त्याग, समर्पण र सहिदहरूको अमूल्य बलिदानबाट स्थापित गणतन्त्रले देशमा लोकतन्त्र, समानता, स्वतन्त्रता र नागरिक अधिकारको सुनिश्चितता गरेको यस ऐतिहासिक दिनमा हामी सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।
यो विशेष अवसरले हामी सबैलाई राष्ट्रप्रेम, सामाजिक सद्भाव, अनुशासन, जिम्मेवारी र एकताको भावनासहित समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्। शिक्षा, नैतिकता र सकारात्मक सोचमार्फत सक्षम, सचेत र जिम्मेवार नागरिक निर्माण गर्ने हाम्रो अभियान अझ सशक्त बन्न सकोस् भन्ने कामना गर्दछौँ।आउनुहोस्, गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै उज्ज्वल भविष्य, सुशासन, शान्ति र प्रगतिका लागि हातेमालो गरौँ।
सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, प्रगति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना।
जय नेपाल! 🇳🇵✨

Photos from Gyanganga Pathashala's post 28/05/2026

📚 निरन्तर मूल्याङ्कन प्रणाली (CAS), Rubrics तथा Portfolio निर्माण सम्बन्धी सेमिनारमा सहभागी हुँदै ज्ञान, सीप र शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउने अवसर प्राप्त भयो।

यस महत्वपूर्ण अवसर प्रदान गर्नुहुने Gyanganga Pathashala प्रशासनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, प्रेरणादायी सहजीकरण तथा मार्गदर्शनका लागि विद्यालयका प्राचार्य ( Facilitator ) Mr. Chandra Adhikari सरप्रति विशेष धन्यवाद। 🙏✨






Photos from Gyanganga Pathashala's post 28/05/2026

“Leadership is not about power, it is about responsibility.” Today, our young leaders took their oath with courage, commitment, and a promise to inspire others at Gyanganga Pathashala. 🌟
Proud moments as our Class Monitors step forward with commitment and confidence.

28/05/2026

28/05/2026

🌟 धर्म, संस्कार र सद्भावको पर्व बकर ईदले समाजमा प्रेम, भाइचारा र एकताको भावना अझ प्रगाढ बनाओस्।
ईद मुबारक! 🤍 (ईद - उल - अधा)

Photos from Gyanganga Pathashala's post 23/05/2026

संघर्षको यात्रामा साथ दिने अभिभावक र सफलताको बाटोमा अघि बढ्ने विद्यार्थीहरूलाई सम्मान। सम्मान उनीहरूलाई, जसले सपना देखे र ती अभिभावकलाई, जसले त्यो सपना पूरा गर्न साथ दिए। 💐
Gyanganga Pathashala सधैं तपाईंहरूको सफलताको सहयात्री। 🌼

Photos from Gyanganga Pathashala's post 23/05/2026

“Leadership in action — House mentor teacher with captains and vice-captains.”

20/05/2026

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kathmandu
32