21/06/2026
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको कीर्तिपुरस्थित बीपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय आविष्कार केन्द्र को अवलोकन भ्रमण -२०८३/०३/०७
Janapath Secondary School based on community was established 2012 B.S. (1955 AD).it is located near
21/06/2026
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको कीर्तिपुरस्थित बीपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय आविष्कार केन्द्र को अवलोकन भ्रमण -२०८३/०३/०७
कक्षा ४ का विद्यार्थी भाइबहिनीहरू नेपाल भाषा विषय अन्तर्गत नेवारी संगीतको अभ्यास गर्दै 💐🌹❣️
19/06/2026
३.४१ जिपिए सहित कक्षा १२ परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उच्च शिक्षाको लागि हार्दिक शुभकामना। !!!
19/06/2026
विद्यार्थी भाइबहिनीहरूको शारीरिक विकास, मानसिक तन्दुरुस्ती र खेलकुदप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस विद्यालयद्वारा दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा टेबलटेनिस प्रशिक्षणको क्रममा....
। सूचना ! सूचना!! सूचना!!!
विद्यार्थी भाइबहिनी तथा अभिभावक ज्यूहरू,
२०८३ को लागि कक्षा ११ मा नियमित पठनपाठन भइरहेको जानकारी गराउँदै SEE दिएर बस्नुभएका विद्यार्थी भाइबहिनीहरू विद्यालयमा उपस्थिति भई आफ्नो अध्ययन कार्यलाई अगाडि बढाउनको लागि सूचित गर्दछौं ।
जनपथ माध्यमिक विद्यालय परिवार
14/06/2026
📚 एकदिने शैक्षिक अध्ययन अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न
आज मिति २०८३ साल जेठ ३१ गते आइतबार, काठमाडौँ महानगरपालिका शिक्षा विभागद्वारा आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेट अन्तर्गत कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरूका लागि एकदिने शैक्षिक अध्ययन अवलोकन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिरको वास्तविक संसारसँग परिचित गराई प्रत्यक्ष अवलोकन, अध्ययन तथा अनुभवमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमणमा भक्तपुर दरबार स्क्वायर, बसन्तपुर दरबार स्क्वायर, स्वयम्भूस्थित प्राकृतिक संग्रहालय तथा कीर्तिपुरस्थित बी.पी. मेमोरियल संग्रहालयको अवलोकन सम्पन्न गरियो।।
कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरू, कक्षा शिक्षकहरू, अन्य आदरणीय शिक्षकवर्ग तथा कर्मचारीहरूको सक्रिय सहभागिता र सहयोगले भ्रमण अत्यन्त सफल र उपलब्धिमूलक बन्न पुगेको छ। यसका लागि १४ वटा बसको व्यवस्थापन गरिएको थियो।
यस महत्वपूर्ण शैक्षिक कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय शिक्षकहरू, कर्मचारीहरू, अभिभावकहरू तथा सरोकारवाला महानुभावहरूप्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
🏫 विद्यालय परिवार
12/06/2026
🌺
वि.सं. २०८३ साल जेठ २९ गते शुक्रबार, विद्यालयको प्रार्थना सभाका अवसरमा विद्यालयको अनुशासित, मर्यादित तथा शैक्षिक वातावरणलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा विभिन्न हाउसका क्याप्टेन एवं भाइस क्याप्टेनहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा विद्यालयका आदरणीय प्रधानाध्यापक हिरा देवी श्रेष्ठज्यूलेले नवनिर्वाचित विद्यार्थी नेतृत्वकर्ताहरूलाई टीका लगाई बधाई तथा शुभकामना व्यक्त गर्दै ब्याच प्रदान गर्नुभएको थियो। यस अवसरले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, आत्मविश्वास तथा सेवाभावको विकास गर्न थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।
कार्यक्रमका क्रममा विद्यालयका करिब १००० जना विद्यार्थीहरूले कर्तलध्वनिका साथ नवनेतृत्व टोलीलाई सम्मान, समर्थन तथा शुभकामना व्यक्त गरेका थिए। सम्पूर्ण विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ गरिमामय र प्रेरणादायी बनाएको थियो।
विद्यालय परिवार विश्वास गर्दछ कि विद्यार्थी नेतृत्व टोलीले अनुशासन, नैतिकता, सहकार्य र उत्कृष्ट शैक्षिक संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय शिक्षकवृन्द, कर्मचारी साथीहरू, अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूमा विद्यालय परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
"आजको नेतृत्व अभ्यासले भोलिको सक्षम नागरिक निर्माण गर्छ।"
🙏 धन्यवाद। जनपथ.मा .वि .विद्यालय परिवार 🌷
| Monday | 09:00 - 04:00 |
| Tuesday | 09:00 - 04:00 |
| Wednesday | 09:00 - 04:00 |
| Thursday | 09:00 - 04:00 |
| Friday | 09:00 - 03:00 |
| Sunday | 09:00 - 04:00 |