Mount View School, Mitrapark, Kathmandu

Mount View School, Mitrapark, Kathmandu

Share

We have offered free admission on the auspicious occasion of Saraswoti Pooja.

23/06/2026

प्रिय बावु जेनिसलाई जन्म दिनकाे धेरै धेरै शुभ कामना अनि आशिर्वाद❣️❣️

Photos from Mount View School, Mitrapark, Kathmandu's post 19/06/2026

नेपाल स्काउटकाे ७५ओे वार्षिक उत्सव २०८३:
नेपाल स्काउट नेपालको राष्ट्रिय स्काउट तथा गाइड संस्था हो। यसको स्थापना १८ जुन १९५२ (वि.सं. २००९) मा भएको थियो। नेपाल स्काउटले बालबालिका तथा युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, आत्मनिर्भरता, समाजसेवा र राष्ट्रप्रेमको भावना विकास गर्ने कार्य गर्दछ।
स्थापना र इतिहास
स्थापना: १८ जुन १९५२
राष्ट्रिय मुख्यालय: लैनचौर, काठमाडौं
विश्व स्काउट संगठन (WOSM) को सदस्य: १९६९
विश्व गाइड संगठन (WAGGGS) को सदस्य: १९८४
हाल सदस्य संख्या १ लाखभन्दा बढी रहेको छ।
नेपाल स्काउटका उद्देश्य
नेपाल स्काउट ऐन, २०५० अनुसार मुख्य उद्देश्यहरू:
बालबालिका तथा युवालाई अनुशासित, कर्तव्यनिष्ठ र सुयोग्य नागरिक बनाउने।
समाजसेवा र जनहितका कार्यमा संलग्न गराउने।
विपद् तथा दुर्घटनामा उद्धार र सहायता कार्यमा परिचालन गर्ने।
वातावरण संरक्षण, स्वास्थ्य र सामुदायिक विकासमा योगदान पुर्‍याउने।
स्वावलम्बन र नेतृत्व क्षमताको विकास गर्ने।
स्काउटको आदर्श वाक्य
"सधैं तयार" (Be Prepared)
स्काउट प्रतिज्ञा
"म आफ्नो धर्म र देशप्रति कर्तव्य पालन गर्नेछु, अरूलाई सधैं सहायता गर्नेछु र स्काउट नियमहरू पालना गर्नेछु।"
स्काउटका प्रमुख कार्यक्रमहरू
क्याम्पिङ (Camping)
हाइकिङ (Hiking)
गाँठो बाँध्ने सीप (Knotting)
प्राथमिक उपचार (First Aid)
वातावरण संरक्षण
सामुदायिक सेवा
विपद् व्यवस्थापन तालिम
नेतृत्व विकास कार्यक्रम
स्काउटका तहहरू
कब स्काउट (Cub Scout) – साना बालबालिका
स्काउट (Scout)
रोभर स्काउट (Rover Scout) – युवा वर्ग
बालिकाहरूका लागि:
ब्राउनी (Brownie)
गाइड (Guide)
रेन्जर (Ranger)
स्काउटका नियम (संक्षेपमा)
सत्य बोल्ने
विश्वासयोग्य हुने
अरूलाई सहयोग गर्ने
अनुशासित रहने
प्रकृतिप्रेमी हुने
मितव्ययी हुने
स्वच्छ रहने
नेपाल स्काउटका प्रमुख गतिविधिहरू
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जम्बोरी
रक्तदान कार्यक्रम
वृक्षारोपण
सरसफाइ अभियान
विपद् उद्धार तथा राहत
स्वास्थ्य तथा जनचेतना कार्यक्रम
नेपाल स्काउटको मुख्यालय
Nepal Scouts
लैनचौर, काठमाडौं
स्काउटको महत्व
स्काउटले युवाहरूलाई अनुशासन, नेतृत्व, सेवा, आत्मनिर्भरता, देशभक्ति र सामाजिक उत्तरदायित्व सिकाउँछ। यही कारणले विद्यालय तथा समुदायमा स्काउट कार्यक्रमलाई विशेष महत्व दिइन्छ।

Photos from Mount View School, Mitrapark, Kathmandu's post 17/06/2026

"नेपाल स्काउटले बालबालिका तथा युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता, सेवा भावना र राष्ट्रप्रेम विकास गर्ने" मूल उद्देश सहित नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडाैंको आयोजनामा काठमाडौँ महानगरपालिका शिक्षा विभागको समन्वय र सहकार्यमा काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका स्काउट सञ्चालन भइरहेका संस्थागत र सामुदायिक विद्यालयहरूमा अध्ययनरत ६०० स्काउट छात्र/ छात्रहरूको सहभागितामा पहिलोपटक 'सम्पदा पदयात्रा प्रतियोगिता -२०८३ (Heritage Walk Competition-2026 )' मिति २०८३ जेठ २९ गते शुक्रबार बसन्तपुरबाट सुरु गरि झोछेँ, ऊंबहाल, यङ्गाल लाखेननी चोक भीमसेनस्थान , इलाछें , काष्ठमण्डप , गणेशस्थान हनुमानढोका मखन ,इन्द्रचोक , भेडासिंह, मछिन्द्र बहाल ,असन, बाङ्गेमुढा नघ:ल क्षेत्रपाटी, धोबीचौर ,ल्हुती अजिमा गेट हुँदै शोभा भगवती मन्दिर घुमेर बायाँको बाटो विजेश्वरी हुँदै धिमे लोंह, स्वयम्भू ब्याङ्केटमा खाना खाएर स्वयम्भू स्तुपा ,बुद्धपोखरी हुँदै आनन्दकुटी बिहार पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि का.मेयर श्री सुनिता डंगोलज्युबाट सहभागीहरू मध्ये एक र दुई नम्बरको टोली को समय परिपालन कार्डमा दस्तगत गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रममा आतिथ्य ग्रहण गर्ने महानुभावहरू श्री मचाराजा महर्जनज्यू वडा अध्यक्षज्यू का म पा वडा नं २३, श्री राम कृष्ण महर्जनज्यू प्रमुख सशस्त्र प्रहरी बल नेपाल नं १८ गण हे क्वा , श्री विष्णु जोशीज्यू,महानगरीय प्रहरी बल कामपा, श्री शार्दुल जंग गुल्मका प्रतिनिधि , नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त महेन्द्रराज रञ्जितज्यु, कामपा शिक्षा बिभाग प्रमुख श्री नमराज ढकाल ,नेपाल स्काउट बागमती प्रदेशका प्रमुख आयुक्त शिव कुमार त्वायनाज्यु , अतिथि श्री चन्द्रबहादुर थापा ज्यू प्रमुख प्रहरी वृत्त जनसेवा, सम्पदा अभियन्ता श्री गणपतलाल श्रेष्ठ ,एन सि सि अल्मुनाई एसोसिएसन काठमाडौँका निर्देशक श्री राजन दाहालज्यु, श्री किरण बहादुर श्रेष्ठज्यु उपाध्यक्ष,काठमाडौं दरबार स्क्वायर टुरिजम प्रमोसन एसोसिएसन
श्री बसन्त श्रेष्ठज्यू मरु त्वा पूच: श्री बालकृष्ण महर्जनज्यू अध्यक्ष काठमाडौँ कोर सिटी , श्री दिपक महर्जनज्यु अध्यक्ष लायन्स क्लब अफ काठमाडौँ कोरसिटी ,श्री वीरेन्द्र मल्ल ज्यू अध्यक्ष झोछेँ सामुदायिक समाज ,श्री अन्जना मस्के श्रेष्ठ उपसभापति नेपाल रेड क्रस सोसाइटी काठमाडौँ Man Mohan Hospital रहेको थियो साथै वरिष्ठ स्काउटर, स्काउटर रोभर रेञ्जर तथा सुरक्षा निकाय , ट्राफिक प्रहरी काठमाडौं महानगर प्रहरी बल -Kathmandu Metro Police Force विभिन्न संघ संस्थाको सहभागितामा ७ वटा बुथ चेकिङ प्वाइन्ट, रेकी टिम , नक्शा टिम , पत्र तयार टिम , मनोरञ्जन, समाचार आदानप्रदान ,प्रश्न उत्तर, प्रतिवेदन , समय परिपालन , प्राथमिक उपचार, सरसफाई टिम , अनुशासन तथा पोषाक टोली प्रणाली, दर्ता , खाध्यान्न, भौतिक व्यवस्थापन , कार्यक्रम सञ्चालन टिम, बनाएर कार्य विभाजन गरिएको थियो।
उक्त कार्यक्रममा यस माउन्ट भ्यू स्कुलबाट 'माउन्ट भ्यू स्काउट क्यु' का १२ जना स्काउट विद्यार्थीहरूले सफलतापू्र्वक भाग लिएका थिए।
उक्त कार्यक्रम सफल बनाउन सहयाेग र समन्वय गर्नुहुने स्काउट माष्टर विश्वनाथ सर र कार्यक्रम संयाेजक अरुण केसी सरलाई धन्यबाद🙏🙏

15/06/2026

जन्म दिनकाे धेरै धेरै शुभ कामना अनि आशीर्वाद साईशा❣️❣️

Photos from Mount View School, Mitrapark, Kathmandu's post 05/06/2026

-WorldEvironmentDay
-LittleThingsWeDo
-WeDoWeLearn


03/06/2026

प्रिय याेगेश बावुलाई जन्म दिनकाे धेरै धेरै शुभकामना अनि आशिर्वाद.......🙏🙏❤️❤️

Photos from Mount View School, Mitrapark, Kathmandu's post 28/05/2026

“आजको अभ्यास, भोलिको जिम्मेवार नेतृत्व।”

विद्यालयीय लोकतान्त्रिक अभ्यासलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ हाम्रो विद्यालयमा विद्यार्थी परिषद् निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🗳️
विद्यार्थीहरूले आफ्नो मताधिकार प्रयोग गर्दै जिम्मेवार, अनुशासित तथा सचेत नागरिक बन्ने अभ्यास गरेका छन्।

निर्वाचन प्रक्रियामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहभागी सम्पूर्ण उम्मेदवारहरू, मतदान अधिकृतहरू, शिक्षकवर्ग, अभिभावक स्काउट तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
हार–जीतभन्दा माथि उठेर नेतृत्व विकास, सहकार्य, आत्मविश्वास तथा लोकतान्त्रिक संस्कार सिक्ने यो अवसर विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ।

सबै विजयी प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। साथै सहभागी सम्पूर्ण उम्मेदवारहरूको साहस, नेतृत्व क्षमता र सक्रियताको उच्च सम्मान गर्दछौँ।



27/05/2026

आकृति नानुलाई जन्म दिनकाे धेरै धेरै शुभकामना अनि आशिर्वाद❣️❣️

19/05/2026

❤️पर्वत बावुलाई जन्म दिनकाे धेरै धेरै शुभ कामना अनि आशिर्वाद🙏🙏

Photos from Mount View School, Mitrapark, Kathmandu's post 18/05/2026

जन्म दिनकाे धेरै धेरै शुभकामना अनि आशीर्वाद बावु आविष्कार र नानू इन्दु❤️🙏

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Jayabageshwori Temple
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00