University of Nepal

University of Nepal

Share

Official page of University of Nepal

23/06/2026

नेपाल विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालय भन्दा के कुरामा आधारभूत रुपमा फरक छ? विद्यार्थी र अभिभावकले जानकारी राख्नु पर्ने केहि महत्वपूर्ण कुरा:

१) ११/१२ मा जुन विषय लिए पनि विद्यार्थीहरुले अफर गरिएको जुनसुकै विषयमा मेजर गर्न सक्छन। उदाहरणका लागि, ११/१२ मा जे बिषय लिएको भए पनि इण्टिग्रेटेड साइन्समा ब्याचलर डिग्री गर्न सक्छन । मेजर छान्ने कुरा पहिलो दुई सेमेस्टर (पहिलो बर्ष) मा कमन-कोर भनिने युनिभर्सिटी अनिवार्य कोर्सहरु पढेपछि मात्र हुन्छ। यसको फाइदा एक वर्षको अध्ययन र मन्थन पछि मात्र विद्यार्थी आफैंले आफुलाई मन पर्ने कुरामा अध्यन गरुन भन्ने हो । आफैंले आफुलाई र आफ्नो भित्री सवल पक्ष र वास्तविक इक्षा राम्ररी नबुझी अरु कसैको सल्लाह र सुझावका लहडमा नपरी आफ्नो जीवनभर असर पर्ने विषय क्षेत्र छानुन भन्ने हो ।

२) शुरुमा लिइने प्रवेश परिक्षा भनेको कुनै व्यक्ति विश्वविद्यालय जाने सामान्य खुवी राख्छ कि राख्दैन भनेर जाँच्ने हो । Communication skill, Cognitive ability, र Qantitative skill मा एउटा निश्चित खुवी भएका जो सुकै पनि उपयुक्त वातावरणमा विश्वविद्यालयमा सफल हुने ल्याकत राख्छ। नेपालमा जहींतहीं चलेको (र गलत दिशामा गएको) ११/१२ को विषयगत सुत्रहरु घोकेर पढेर लेखेका उत्तरले विश्वविद्यालयबाट ऊ सफल भएर निस्कन्छ भन्ने ग्यारेन्टी छैन । यो विश्वविद्यालयको प्रवेश परीक्षा यही विश्वव्यापी सामान्य सिद्धान्तमा आधारित हुने छ। विद्यार्थी छनोटमा आवश्यक र सम्बन्धित व्यक्तिगत खुवीलाई हेरिने छ।

३) विद्यार्थी हरुको मुल्यांकन formative र continuous हुनेछ, केवल summative मात्र होइन र evaluation/assessment अक्सर पहिलो दिनबाटै शुरु हुनेछ । यसले गर्दा विद्यार्थी का लागि परीक्षा अनावश्यक रूपमा भय र सन्त्रासपूर्ण (traumatic) हुने गर्दैन। केहि घन्टाको फाइनल परीक्षाले विद्यार्थीको खुवी नाप्न सक्दैन। अनि विद्यार्थीले ट्रायल एण्ड एरर र गल्तिहरु वाट सिक्दछ भन्ने विश्वव्यापी सामान्य मान्यता हो।

४) पढाउने तौर तरिका विद्यार्थी केन्द्रित अन्तरक्रियात्मक हुनेछन। विद्यार्थी शुरुशुरुमा केहि अनौठो लाग्न सक्छ तर प्रयोग हुने तरिकाले रिजल्ट (विद्यार्थीको ज्ञान, सीप र जान्ने चासो) मा परम्परागत भन्दा तात्विक फरक हुन्छ । यसमा सम्बन्धित धेरै प्राध्यापकहरुको आफ्नै राष्ट्रिय र अन्तराष्ट्रिय अनुभव छ। तर पनि यसमा देशी र विदेशी प्राध्यापकहरुबाट नियमित शिक्षण तालिम भैरहने छ । यसका लागि शिक्षण, सिकाई तथा शैक्षिक अनुसन्धान केन्द्र भन्ने एउटा केन्द्र नै स्थापना गरिएको छ र यसले आफ्नो काम शुरु गरिसकेको छ ।

५) नेपाल विश्वविद्यालय एउटा स्वायत्त (मतलब मिनिमम राजनैतिक हस्तक्षप हुने), सार्वजनिक र अनुसन्धान मुखी विश्वविद्यालय हो ।

विस्तृत जानकारीका इच्छुकहरुलाई यही असार ९ देखि १९ सम्म हुने Open House मा आमन्त्रण गर्दछौ।

स्थान: उत्तर ढोका (search University of Nepal on Google map)
समय: विहान १० देखि दिउँसो ३ बजे

22/06/2026

Open House 2026 at University of Nepal!
Join us from June 23rd to July 3rd for an exciting Open House filled with discovery and fun!
Come explore our curriculum, meet our passionate faculty and staff, and learn all about admission and scholarship opportunities.
Enjoy games, delicious snacks, fresh tea, coffee, and cookies while you’re here!
Whether you're a prospective student or just curious about University of Nepal, this is the perfect chance to experience our campus atmosphere.
We can’t wait to welcome you!
For pre-registration: https://docs.google.com/forms/

नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने 21/06/2026

https://www.ratopati.com/story/571620/nepal-university-to-start-undergraduate-academic-programs

नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने काठमाडौँ । नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । विश्वविद्य......

नेपाल विश्वविद्यालयद्वारा स्नातकोत्तर र स्नातक तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम आरम्भ 21/06/2026

https://www.lokaantar.com/story/322491/2026/6/19/current-affairs/university-

नेपाल विश्वविद्यालयद्वारा स्नातकोत्तर र स्नातक तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम आरम्भ नवस्थापित ‘नेपाल विश्वविद्यलाय’ले पहिलोपटक स्नातकोत्तर र स्नातक तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम आरम्भ ग...

नेपाल विश्वविद्यालयले घोषणा गर्‍यो स्नातक तहको शैक्षिक कार्यक्रम 20/06/2026

https://nepalkhabar.com/society/

नेपाल विश्वविद्यालयले घोषणा गर्‍यो स्नातक तहको शैक्षिक कार्यक्रम नेपाल विश्वविद्यालयले स्नातह तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। विश्वविद्यालयले शुक्र......

Photos from University of Nepal's post 19/06/2026

Happening Now:
Shaping the future of higher education through dialogue, collaboration, and shared vision.

The University of Nepal is hosting an “Interaction with Educators,” bringing together educators to exchange ideas, share perspectives, and explore new possibilities for higher education in Nepal.

19/06/2026

Calling all Educators! 🎓✨

​Join the University of Nepal for an exclusive information session: Interaction with Educators. Let's come together to explore how we are redefining academic excellence with purpose. This is a fantastic opportunity to connect, share insights, and help shape the future of higher education!

​Event Details:
📅 Date: June 19, 2026
⏰ Time: 4:30 PM - 8:15 PM
📍 Venue: Hotel Himalaya, Lalitpur

​For more information or to get in touch:
📞 +977 1 5914588 / 9851347544
📧 [email protected]
🌐 www.unepal.edu.np
🏢 Sano Gaucharan, Gyaneshwor, Kathmandu

19/06/2026

🎓 Congratulations to All +2 Graduates! 🎓

​Your hard work, patience, and dedication have brought you to this proud moment. But remember, this is not the end—it's your beginning! The next step shapes your tomorrow.

​We are thrilled to announce that Undergraduate admissions are officially open at the University of Nepal (UNepal)!
​Take the next big step in your academic journey and join a community dedicated to helping you grow. Begin your tomorrow, today.

​Tap the link to Apply Now!
​For more details:
📍 Location: Sano Gaucharan, Gyaneshwor, Kathmandu
📞 Contact: +977 1 5914588, 9851347544
🌐 Website: www.unepal.edu.np
✉️ Email: [email protected]

Photos from University of Nepal's post 19/06/2026

इटहरी, असार ४, २०८३
विश्व आदर्श एकेडेमी, इटहरीका अध्यक्ष तथा नेपालको शिक्षा क्षेत्रको विकासमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका आदरणीय व्यक्तित्व लेखनाथ घिमिरेज्यूसँग नेपाल विश्वविद्यालयको ‘शिक्षण, सिकाइ तथा शैक्षिक अनुसन्धान केन्द्र’-का निर्देशक प्राध्यापक डा. तारा निरौलाले भेटघाट गर्नुभयो। उक्त अवसरमा नेपालको उच्च शिक्षामा नवीन सोच, अन्तरविषयक दृष्टिकोण र अनुसन्धानमुखी शिक्षण पद्धतिलाई केन्द्रमा राखेर स्थापना गरिएको देशको सबैभन्दा कान्छो विश्वविद्यालय- ‘नेपाल विश्वविद्यालय’ (University of Nepal) -बारे डा. निरौलाले लेखनाथ घिमिरेज्यूलाई जानकारी प्रदान गर्नुभयो।
भेटका क्रममा नेपाल विश्वविद्यालयले सार्वजनिक नीति (Public Policy) विषयमा स्नातकोत्तर तहको अध्ययन कार्यक्रम सञ्चालन गरिसकेको तथा आगामी सेप्टेम्बरदेखि विभिन्न विषयमा स्नातक तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराइएको थियो। साथै, १०+२ उत्तीर्ण विद्यार्थीहरूका लागि भर्ना प्रक्रिया खुलिसकेको सन्दर्भमा इच्छुक विद्यार्थीहरूसम्म यसबारे जानकारी पुर्‍याइदिन डा. निरौलाले उहाँलाई अनुरोध गर्नुभएको थियो। यसै अवसरमा श्रद्धेय घिमिरेज्यूद्वारा लिखित केही महत्त्वपूर्ण पुस्तकहरू उपहारस्वरूप डा. निरौलालाई प्रदान गरियो।
उहाँको आत्मीयता, सद्भाव र प्रेरणादायी योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्राध्यापक डा. तारा निरौलाले आफ्नो आधिकारिक फेसबुकमार्फत सबैलाई जानकारी पनि प्रदान गर्नु भएको छ।
ज्ञातव्य रहोस्, डा. निरौला विगत केही दिनदेखि आफ्नो गृहनगर इटहरीमा हुनुहुन्छ। उहाँले इटहरीका Skill Campus (Hotel Management Studies) का प्रमुख तथा इटहरी क्षेत्रका सुपरिचित युवा व्यक्तित्व प्रज्वल पराजुली ज्यूसँग पनि उहाँकै कार्यकक्षमा भेटघाट तथा विचार आदानप्रदान गरेको सूचना प्राप्त भएको छ।
यसरी नै सङ्गीत साधना प्रतिष्ठान, नेपालका राजु केसीसित पनि यस्तै भेट गरी नेपाल विश्वविद्यालयको लक्ष्य र प्राज्ञिक गतिविधिबारे डा. निरौलाले एउटा मैत्री भेटघाट र छलफलमा सूचना सम्प्रेषण गर्नुभएको छ। उहाँले गृहनगर इटहरीको आफ्नो छोटो बसाईँमा पनि अन्य केही महानुभावहरूसित भेटघाटको क्रमलाई निरन्तरता दिने जानकारी प्राप्त भएको छ।
नेपाल विश्वविद्यालयमा स्नातक तहमा भर्नाका लागि आवेदन खुलिसकेको हुनाले इच्छुक र योग्य आवेदकलाई www.unepal.edu.np मा गएर समयमै निवेदन दिनहुन पनि जानकारी गराइन्छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Sano Gaucharan
Kathmandu