Shahid Dharma Bhakta School - SDB

Shahid Dharma Bhakta School - SDB

Share

A complete school for a child to learn and grow.

06/05/2026
27/04/2026

आदरणीय अभिभावकज्यू, विद्यार्थीवर्ग तथा शिक्षक/शिक्षिकाहरूमा हार्दिक नमस्कार। 🙏
​यस शहीद धर्म भक्त स्कूलमा शैक्षिक सत्र २०८३ का सम्पूर्ण कक्षाहरू मिति २०८३/०१/१५ गतेदेखि नियमित रूपमा सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौँ।
​⏰ समय: बिहान ठीक ९:०० बजेदेखि विद्यालय सञ्चालन हुनेछ।
​साथै, कक्षा नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना पनि खुलेको हुनाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ। 📖📝
​✅ हाम्रा मुख्य विशेषताहरू:
​📚 नियमित र गुणस्तरीय अध्यापन
​👩‍🏫 अनुभवी र दक्ष शिक्षक/शिक्षिकाहरू
​🏫 शान्त र बालमैत्री शैक्षिक वातावरण
​🎯 प्रयोगात्मक र सिर्जनशील सिकाइ
​अतः आफ्ना बालबालिकाहरूलाई तोकिएको समयमा नियमित रूपमा विद्यालय पठाई सहयोग गरिदिनुहुन र नयाँ भर्नाका लागि यथाशीघ्र विद्यालय प्रशासनमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
​📍 स्थान: ललितपुर महानगरपालिका-१८, नख्खु, ललितपुर।
​धन्यवाद! ✨
— विद्यालय प्रशासन

14/04/2026

🇳🇵 नयाँ वर्ष २०८३ को सबैमा शुभकामना! 🇳🇵
​सफलताको शिखर चुम्ने साहस मिलोस्,
खुसीको आँगन सधैं हराभरा बनोस्।
​सम्पूर्ण अभिभावक, विद्यार्थी र शिक्षक वर्ग लगायत संसारभर छरिएर रहनुभएका नेपाली मनहरूमा २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना! यो वर्ष ज्ञान, प्रगति र भाइचाराको वर्ष बनोस्। 🙏

09/04/2026

अभिभावकज्यूहरूका लागि अत्यन्त जरुरी सूचना
​मिति: २०८२/१२/२६
​आदरणीय अभिभावकज्यूहरू,
सप्रेम नमस्कार ।
​ललितपुर महानगरपालिका, शिक्षा महाशाखाको निर्णय अनुसार शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको नतिजा (परीक्षाफल) प्रकाशन सम्बन्धी विवरण तल उल्लेख गरिएको छ:
​नतिजा प्रकाशन हुने मिति: २०८२ साल चैत्र २९ गते, आइतबार ।
​समय: बिहान ठिक १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म ।
​स्थान: विद्यालय परिसर ।
​अतः सम्पूर्ण अभिभावकज्यूहरूलाई तोकिएको समयभित्र विद्यालयमा उपस्थित भई आफ्ना नानीबाबुहरूको नतिजा बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
​धन्यवाद ।
​प्रधानाध्यापक
सहिद धर्मभक्त माध्यमिक विद्यालय

01/04/2026

S.E.E. परीक्षाको हार्दिक शुभकामना! 🎓
​भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (S.E.E.) मा सहभागी हुन लाग्नुभएका शहीद धर्म भक्त हाई स्कूल (SDB) का सम्पूर्ण प्यारा विद्यार्थी भाइबहिनीहरूमा हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछौं।
​तपाईंहरूले अहिलेसम्म गर्नुभएको कडा परिश्रम, धैर्य र लगनशीलताको प्रतिफल राम्रो आउनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। आत्मविश्वासका साथ शान्त मनले परीक्षा दिनुहोला।
​हाम्रा शुभकामनाका केही शब्दहरू:
​आत्मविश्वास राख्नुहोस्: तपाईंले पढेका कुराहरू नै सोधिने हुन्, त्यसैले नहडबडाई उत्तर लेख्नुहोला।
​समयको व्यवस्थापन: प्रश्नहरूलाई ध्यान दिएर पढ्नुहोस् र समय मिलाएर सबैको उत्तर दिने प्रयास गर्नुहोस्।
​धैर्यता: परीक्षा एउटा अवसर हो, आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहोस्।
​तपाईंहरूको भविष्य उज्ज्वल रहोस्। सम्पूर्ण भाइबहिनीहरूलाई सफलताले चुमोस्!
​हार्दिक शुभकामना! 💐✨

01/04/2026

"सुनौलो भविष्यको आधार, शहिद धर्म भक्त स्कूलमा भर्नाको अवसर! नयाँ शैक्षिक सत्रका लागि सिट सीमित भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला। 🙏"
Contact Number : 015591239

Photos from Shahid Dharma Bhakta School - SDB's post 20/03/2026

The big day has arrived! 🌟
​Our little stars from Nursery, LKG, and UKG have started their Final Term Examinations today. It is wonderful to see these young learners taking another confident step in their educational journey with such enthusiasm and bright smiles. 📝✨
​Wishing all our tiny tots the very best of luck! Fly high, little ones! 🎈

11/03/2026

हाम्रो विद्यालय, शहीद धर्मभक्त विद्यालयको कक्षा ६ मा अध्ययनरत प्रिय छात्रा श्रेया थिङको असामयिक निधनले हामी सम्पूर्ण विद्यालय परिवार स्तब्ध र मर्माहत भएका छौँ।
​यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🕊️🙏

10/03/2026

शोक बिदाको सूचना
​यस शहीद धर्मभक्त विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा श्रेया थिङको असामयिक र दुखद निधनले सम्पूर्ण विद्यालय परिवार मर्माहत र स्तब्ध भएका छौं।
​दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति विद्यालय परिवार गहिरो समवेदना प्रकट गर्दछ। दिवंगत छात्राको सम्झनामा भोलि मिति २०८२/११/२७ गते बुधबारका दिन यस विद्यालयका सम्पूर्ण पठनपाठन लगायतका प्रशासनिक कार्यहरू बन्द रहने ब्यहोरा जानकारी गराइन्छ।

​पुनः बिहीबार (२०८२/११/२८) देखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुनेछ।

शहीद धर्मभक्त विद्यालय

Photos from Shahid Dharma Bhakta School - SDB's post 08/03/2026

Happy International Women's Day to the incredible women of Shahid Dharma Bhakta School! 🏫✨

On the occasion of International Women's Day, we extend our warmest wishes and deepest gratitude to all the hardworking lady teachers of our school. Your passion for teaching and tireless commitment to shaping the future of our students is truly inspiring.
​Thank you for being the mentors, leaders, and role models our community needs. Happy Women's Day! 🌸

01/03/2026

अभिभावक तथा संरक्षकज्यूहरूमा सूचना
​यस विद्यालय २०८२/११/१८ देखि २०८२/११/२४ सम्म फागु पूर्णिमा (होली), निर्वाचन र अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा बन्द रहने जानकारी गराउँदछौँ।
​विद्यालयका कक्षाहरू २०८२/११/२५ गतेदेखि नियमित समयमा सञ्चालन हुनेछन्।

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Lalitpur Metropolitan City/18, Nakkhu
Lalitpur
44700