09/06/2026
आज मिनर्वा स्कुलमा अध्ययनरत नानीबाबुहरूका लागि विद्यालय परिसरमै विशेष “स्विमिङ फन सेसन” आयोजना गरिएको थियो। यस कार्यक्रममा नानीबाबुहरूले अत्यन्तै उत्साह, उमङ्ग र खुसीका साथ सहभागिता जनाएका थिए। पानीमा रमाउँदै खेल्ने, सिक्ने र साथीहरूसँग मिलेर आनन्द लिने अवसरले उनीहरूलाई निकै उत्साहित बनाएको थियो। स्विमिङले बालबालिकाको शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, समन्वय क्षमता तथा स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने भएकाले विद्यालयले यस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिने गरेको छ।
मिनर्वा स्कुल सधैं विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विश्वास गर्दछ। विद्यालयले पाठ्यपुस्तकको ज्ञानसँगै अतिरिक्त तथा सिर्जनात्मक क्रियाकलापमार्फत सिकाइलाई अझ प्रभावकारी, रमाइलो र व्यवहारिक बनाउने प्रयास गर्दै आएको छ। विद्यार्थीहरूलाई स्कुल आउन डर होइन, रहर लाग्ने वातावरण निर्माण गर्ने उद्देश्यसहित मिनर्वा स्कुल निरन्तर प्रतिबद्ध र प्रयासरत रहेको छ। यस्ता “स्विमिङ फन सेसन” जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सिकाइ यात्रालाई अझ स्मरणीय, आनन्ददायी र जीवनोपयोगी बनाउने विश्वास विद्यालयले लिएको छ।
07/06/2026
Grade 8 students from Minerva School visited Aadhar Niketan Old Age Home in Kamalbinayak as part of their social responsibility program. During the visit, students spent a few hours with the elderly residents, sharing conversations, care, and joy. They also donated essential food items to support the people living there.
Minerva School believes such activities nurture empathy among students and encourage them to become more responsible towards elderly members of their families and society.
The visit was coordinated by Prabina Mam and Sundar Sir, whose efforts made the program meaningful and successful, strengthening values of kindness, respect, and social service.
05/06/2026
विश्व वातावरण दिवसको अवसरमा आज मिनर्वा स्कुलमा विविध कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न गरियो। प्री–प्राइमरी तहका साना नानीबाबुहरूले ग्रीन–डे सेलिब्रेसन, चित्रकला तथा फोटोसुट कार्यक्रममा सहभागिता जनाए। कक्षा ६ का विद्यार्थीहरूले विद्यालय परिसर सरसफाइ गर्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरे भने कक्षा ७ का विद्यार्थी भाइबहिनीहरूले नजिकै रहेको चम्पकेश्वर मन्दिर क्षेत्रमा सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिमा सहभागिता जनाए। त्यसैगरी कक्षा ८, ९ र १० का विद्यार्थीहरूबीच "Climate Change : Threat to our future" बिसयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा वातावरणप्रति सचेतना, जिम्मेवारीबोध र सकारात्मक व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ।
मिनर्वा स्कुल सधैं विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि समर्पित रहँदै आएको छ।
05/06/2026
Green Day was celebrated with great excitement in the Pre-Primary section of Minerva English School.
02/06/2026
Today, Class 5 students of Minerva visited Ganeshman Singh Batika and Subarneshowar Temple, Suryabinayak, Bhaktapur. Students were curious and excited to visit these two wonderful places and enjoyed the trip with great joy and enthusiasm.
Minerva always believes that learning should not be confined within the classroom. Students often learn more from their surroundings than from their classes alone. Therefore, Minerva School frequently takes students to different places to deepen their knowledge about society, nature, culture, and historical heritage. Such educational visits help students gain practical experiences and develop a better understanding of the world around them.
01/06/2026
भक्तपुर प्याब्सनद्वारा आयोजित प्रतिभाको आगनको अडिशनमा मिनर्वा स्कुलबाट १४ जना बिद्यार्थी सहभागी हुनुभएको थियो र आगामी नृत्य कार्यशालामा १४ जना बिद्यार्थी नै छनोट हुनु भएकोमा मिनर्वा स्कुल परिवार हार्दिक बधाइ तथा आगामी कार्यशालाको लागि शुभकामना व्यक्त गर्दछ ।
यस उपलब्धिले हाम्रा बिद्यार्थीहरूको प्रतिभा, मेहनत र लगनशीलतालाई उजागर गरेको छ । मिनर्वा स्कुल पाठ्यपुस्तकको साथै अतिरिक्त क्रियाकलापमा आफ्ना बिद्यार्थीलाई नियमित सहभागी गराएर उनीहरूको व्यक्तित्व बिकासमा मद्दत पुर्याइरहेको छ । यस्ता कार्यक्रमहरूले बिद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता तथा सामाजिक सीपको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ । आगामी दिनहरूमा पनि बिद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि मिनर्वा स्कुल निरन्तर प्रतिबद्ध रहनेछ ।
31/05/2026
आज कक्षा १० का विद्यार्थीहरूलाई ‘हेर्ने कथा’ अन्तर्गत टाढाको गाउँको जीवन सम्बन्धी एक वृत्तचित्र देखाइयो। उक्त कथामार्फत नेपाली समाजको वास्तविक अवस्था, ग्रामीण जीवनको संघर्ष, अवसरको अभाव र मानिसहरूको दैनिक दुःख–सुखलाई विद्यार्थीहरूको दृष्टिकोणबाट बुझ्ने प्रयास गरियो। यसले विद्यार्थीहरूलाई किताबको ज्ञानभन्दा बाहिर समाजको यथार्थसँग जोड्ने अवसर प्रदान गर्यो।
मिनर्वा स्कुलले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञानमा मात्र सीमित नराखी उनीहरूको सामाजिक विकास र सामाजिकरणमा पनि विशेष ध्यान दिँदै आएको छ जसबाट विद्यार्थीहरूमा समाजप्रति उत्तरदायी, संवेदनशील र सचेत नागरिक बन्ने आत्मविश्वास विकास हुने मिनर्वाले बिश्वास लिएको छ ।
31/05/2026
बालबालिकाकाे स्वास्थ्य तथा पाेषण सम्बन्धि कक्षा ३ र ४ का अभिभावकहरूलाई अभिमुखिकरण डा इभामुरा अस्पतालकाे सहयाेगमा डा सबिन मान्नधरद्वारा सम्पन्न गरियाे।
28/05/2026
आज मिनर्वा स्कुलमा शैक्षिक सत्र २०८३ मा भर्ना हुनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विशेष स्वागत गरिएको छ। कार्यक्रममा कक्षा २ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले आकर्षक संगीत, नृत्य, तेक्वान्दो तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा उपस्थित सबै अभिभावक तथा विद्यार्थीहरु विद्यार्थीहरुको उत्साह र सिर्जनशीलता देखेर निकै हर्षित बनेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक राजेन्द्र दुवाल सरले मिनर्वामा आफ्नो सुनौलो भविष्य निर्माण गर्न आउनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयले केवल शैक्षिक विकासमा मात्र नभई उनीहरुको नैतिक, सामाजिक, सिर्जनात्मक तथा समग्र व्यक्तित्व विकासमा समेत पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त स्वागत कार्यक्रम स्कुलका क्याप्टेन अमन कुमार श्रेष्ठ र भाइस क्याप्टेन रिद्धी किसिजुद्वारा आकर्षक रूपमा सञ्चालन गरिएको थियो।