Aadikabi Bhanubhakta Secondary School

Aadikabi Bhanubhakta Secondary School

Share

शिक्षा लिने र दिने ठाउँ

04/11/2025

२०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) मा समावेश हुनका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना!

13/09/2025

पठनपाठन शुरु हुने सम्बन्धि भरपुर महानगरपालिकाको सूचना !
मिति २०८२/५/२८ गते बसेकाे कार्यालय प्रमुखहरुकाे बैठककाे निर्णयानुसार जिल्लाकाे शान्तिसुरक्षाकाे स्थितिमा सामान्यीकरण हुँदै गएकाे अवस्थामा सबै विद्यालयहरु नियमित सञ्चालन गरी पठनपाठन शुरु गर्ने निर्णय भएकाले मिति २०८२/५/२९ गते आईतबारबाट पुर्ववत रुपमा विद्यालय सञ्चालन गर्नु हुन अनुराेध छ ।

- शैक्षिक प्रशासन महाशाखा
भरतपुर महानगरपालिका, चितवन

Photos from Aadikabi Bhanubhakta Secondary School's post 03/08/2025

यस विद्यालयबाट २०८१ सालकाे माध्यमिक शिक्षा परीक्षा (SEE)काे ग्रेड वृद्धि पुरक परीक्षा( २०८२/०४/२९ बाट शुरु हुने)मा सम्मिलित हुने विद्यार्थीहरुकाे परीक्षा केन्द्र नारायणी नमूना मा.वि. भरतपुर रहेको जानकारी गराईन्छ।

22/07/2025

सूचना !
बर्षे बिदाको समय भएता पनि यस आदिकवि भानुभक्त माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना कार्यक्रम सुचारु रहेको जानकारी गराउँदछौँ ।- विद्यालय प्रशासन

Photos from Aadikabi Bhanubhakta Secondary School's post 13/07/2025

२१२ औ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्तको प्रतिमामा फुलमाला अर्पण !

Photos from Aadikabi Bhanubhakta Secondary School's post 04/07/2025

भर्ना खुल्यो। भर्ना खुल्यो। भर्ना खुल्यो।

Photos from Aadikabi Bhanubhakta Secondary School's post 02/07/2025

भरतपुर महानगरपालिका वडा नम्बर १ द्वारा आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई चारवटा प्रोजेक्टर र एउटा डेस्कटप कम्प्युटर प्रदान गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं। यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आउँदा दिनहरूमा पनि यहाँको सहयोगको निरन्तर अपेक्षा गर्दै उपलब्ध सामग्रीहरूको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। हाम्रो मागलाई सम्बोधन गरी विद्यालयल लाई अति आवश्यक सामग्री उपलब्ध गराउनुभएकोमा वडा अध्यक्ष श्री केशव महर्जनज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।

01/07/2025

सूचना
यस विद्यालयबाट २०८१ सालको एस इ इ परीक्षामा सफलता प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयको तर्फबाट बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको हुँदा मिति २०८२ साल असार १९ गते बिहिबारका दिन दिनको ठिक २ बजे विद्यालयमा उपस्थितिका लागि सूचित गरिन्छ।
वि.प्र.

Photos from Aadikabi Bhanubhakta Secondary School's post 29/06/2025

यस आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई यस वर्ष पनि डेक्स बेन्च उपलब्ध गराउनुभएकोमा भरतपुर महानगरपालिका वडा नं २ का वडाध्यक्ष आदरणीय दाइ मनोज रानाभाटज्यू लाई विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आउँदा दिनहरूमा पनि विद्यालयको चौतर्फी विकासका लागि यहाँको सहयोग निरन्तर रुपमा रहिरहनेछ भन्ने पूर्ण आशा गरेका छौं।

28/06/2025

आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट २०८१ को एस इ इ परीक्षामा उत्कृष्ट नतिजा सहित ग्रेडेड हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई बधाई ज्ञापन गर्न चाहन्छौं।
Aadikabi Bhanubhakta ma.vi. Bharatpur-1
3.6-4.0=3
3.2-3.6=24
2.8-3.2=47
2.4-2.8=19
2.0-2.4=0
Total 93 graded out of 127)
pass percent=73.23%

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bharatput/1, Chitwan
Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00