19/06/2026
🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
Xavier's English School का कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षामा शतप्रतिशत (१००%) नतिजा हासिल गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछौं।
यो गौरवपूर्ण सफलतासँगै विद्यालयले लगातार छैटौं ब्याचसम्म शतप्रतिशत नतिजा कायम राख्दै उत्कृष्ट शैक्षिक उपलब्धिको परम्परालाई निरन्तरता दिएको छ। यस ऐतिहासिक सफलताले विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको निरन्तर सहयोगलाई प्रमाणित गरेको छ।
यस उपलब्धिका लागि सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं
तपाईंहरूको आगामी शैक्षिक यात्राको सफलताको हार्दिक शुभकामना!
"Success is not the destination; it is the journey of dedication, perseverance, and excellence."
Xavier's English School Family
14/06/2026
बधाई, शुभकामना तथा जन्मदिनको मंगलमय शुभकामना
१६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोरङ जिल्ला तथा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै कांस्य पदक जितेर विद्यालय, समुदाय तथा प्रदेशको गौरव बढाउनु भएका हाम्रा विद्यार्थी पुष्पराज योक्पाङ्ग्देनलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
उहाँको खेल प्रतिभा, अनुशासन, समर्पण र अथक मेहनतको उच्च मूल्याङ्कन गर्दै कक्षा १२ अध्ययनका लागि १००% छात्रवृत्ति प्रदान गर्न पाउँदा जेभियर्स इङ्ग्लिश स्कुल परिवार गौरवान्वित छ। यस उपलब्धिका लागि उहाँलाई मार्गदर्शन र प्रशिक्षण प्रदान गर्नु भएका कराते प्रशिक्षक श्री प्रभाकर राना मगरज्यूप्रति समेत हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं।
आज पुष्पराजको जन्मदिन पनि परेको विशेष अवसरमा सुख, स्वास्थ्य, सफलता र निरन्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि शिक्षा र खेलकुद दुवै क्षेत्रमा अझ उच्च सफलता हासिल गर्न सकून् भन्ने कामना गर्दछौं।
जन्मदिनको हार्दिक शुभकामना, पुष्पराज!
विद्यालय परिवार
जेभियर्स इङ्ग्लिश स्कुल
13/06/2026
🎉 Congratulations to Our Newly Installed Student Leaders! 🎉
Yesterday marked a proud and memorable occasion at Xavier's English School as our newly elected student leaders officially took their oath of office and were formally installed into their respective positions.
This ceremony symbolizes not only leadership but also commitment, responsibility, integrity, and service to the school community. We extend our heartfelt congratulations to all the student leaders and wish them great success as they embark on this important journey.
May you lead with confidence, inspire your fellow students, and uphold the values and reputation of our school through your dedication and hard work.
🌟 Congratulations once again to all our student leaders! We look forward to witnessing your positive contributions and exemplary leadership throughout the year.
Congratulations to all the newly installed student leaders! 🎊👏
13/06/2026
Welcome to you all dear students in Xavier's family.
03/06/2026
Academic calendar of session 2083
23/05/2026
जेभियर्स स्कुलको नयाँ कप्तानमा कार्की र अध्यक्षमा सुब्बा निर्वाचित
विराटनगर । बुढीगंगा–२ टंकीसिनुवारीमा अवस्थित जेभियर्स स्कुलमा शैक्षिक सत्र २०८३ को सदनात्मक निर्वाचन सम्पन्न ....