14/05/2026
US President Donald Trump arrived in China's capital with over a dozen high-profile business leaders, including Apple's Tim Cook and Tesla CEO Elon Musk.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शेयर शिक्षा Share Shiksha, Education, Birgunj.
Learn • Invest • Grow 📊
शेयर शिक्षा – बुझेर लगानी गरौं
हल्ला होइन, Strategy सिखौं
👉 Follow for Smart Investment
“Disclaimer: यो जानकारी शैक्षिक उद्देश्यका लागि मात्र हो”
14/05/2026
US President Donald Trump arrived in China's capital with over a dozen high-profile business leaders, including Apple's Tim Cook and Tesla CEO Elon Musk.
08/05/2026
यर बजारमा सफल हुनेहरू केवल पैसा लगानी गर्ने मानिस होइनन्, उनीहरू सोच, धैर्य र सिद्धान्तमा लगानी गर्ने मानिस हुन्। बजारको भीड, हल्ला र क्षणिक लोभबीच पनि केही व्यक्तिहरूले इतिहास बनाएका छन् l तीमध्ये सबैभन्दा प्रभावशाली नाम हो Benjamin Graham। उनलाई “भ्यालु इन्भेस्टिङका पिता” भनेर चिनिन्छ, जसले संसारलाई सिकाए कि सेयर बजार भाग्यको खेल होइन, बुद्धिमत्ता र अनुशासनको यात्रा हो।
उनका सिद्धान्तहरूले केवल लगानी गर्ने तरिका मात्र सिकाउँदैनन्, यसले जोखिमलाई कसरी बुझ्ने, अवसरलाई कसरी चिन्ने, र भावनाभन्दा विवेकलाई कसरी अगाडि राख्ने भन्ने जीवनदर्शन पनि दिन्छ। आज पनि विश्वका सफल लगानीकर्ताहरू, विशेषगरी Warren Buffett:—उनैका विचारबाट प्रेरित छन्।
यदि तपाईं बजारमा टिकाउ सफलता चाहनुहुन्छ, आफ्नो पूँजी सुरक्षित राख्दै दीर्घकालीन सम्पत्ति निर्माण गर्न चाहनुहुन्छ भने,
बेन्जामिन ग्राहमका यी 7 (Principles)सात सिद्धान्तहरू तपाईंका लागि मार्गदर्शक बन्न सक्छन्।
1.सेयरलाई व्यवसायको हिस्सा मान्नु:
ग्राहमका अनुसार सेयर बजार जुवा खेल्ने ठाउँ होइन। जब तपाईं कुनै कम्पनीको सेयर किन्नुहुन्छ, तपाईं उक्त व्यवसायको सह-मालिक बन्नुहुन्छ। त्यसैले सेयरको मूल्य मात्र हेर्नुको सट्टा कम्पनीको उत्पादन, व्यवस्थापन र व्यवसायको भविष्य हेर्नुपर्छ।
2.सुरक्षाको सिमान्त (Margin of Safety):
यो भ्यालु इन्भेस्टिङको मुटु हो। यदि कुनै सेयरको वास्तविक मूल्य (Intrinsic Value) रु. १०० हो भने, त्यसलाई रु. ७० वा सोभन्दा कममा किन्नु नै 'मार्जिन अफ सेफ्टी' हो। यसले बजार घट्दा पनि तपाईंको लगानीलाई ठूलो नोक्सान हुनबाट जोगाउँछ।
3.बजारलाई नोकर बनाउनु (Mr. Market को अवधारणा):
सेयर बजार (जसलाई ग्राहमले 'मिस्टर मार्केट' भन्थे) भावनामा चल्छ। यो कहिले धेरै खुसी भएर महँगोमा सेयर बेच्न खोज्छ त कहिले एकदम निराश भएर सस्तोमा। विवेकशील लगानीकर्ताले बजारको यो मुड वा उतारचढावबाट त्रसित नभई, सस्तो बेलामा किन्ने र महँगो बेलामा बेच्ने अवसरको रूपमा लिनुपर्छ।
4.विवेक र अनुशासन:
बजारमा हल्ला र उत्तेजना (Hype) सधैं रहन्छ। अरू सबैले किनेका छन् भन्दैमा बिना अध्ययन किन्नु वा हतारिएर बेच्नु हुँदैन। लगानी सधैं तथ्याङ्क र अनुसन्धानमा
5.आधारित हुनुपर्छ।पूर्ण वित्तीय विश्लेषण:
लगानी गर्नुअघि कम्पनीको वासलात (Balance Sheet), नाफा-नोक्सान हिसाब, ऋणको अवस्था र नगद प्रवाह (Cash Flow) जस्ता वित्तीय सूचकहरूको गहिरो
6.अध्ययन गर्नुपर्छ।ठूलो नोक्सानीबाट बच्नु:
लगानीमा नाफा कमाउनु जत्तिको महत्त्वपूर्ण छ, आफ्नो सावाँ (Principal) जोगाउनु त्योभन्दा बढी महत्त्वपूर्ण छ। ग्राहमका अनुसार जोखिमयुक्त र नबुझेका ठाउँमा लगानी गरेर पैसा डुबाउनुभन्दा सुरक्षित र निश्चित प्रतिफल दिने ठाउँ रोज्नुपर्छ।
7.यथार्थपरक नाफाको अपेक्षा:
रातारात धनी बन्ने सपना (सट्टेबाजी) ले मानिसलाई डुबाउँछ। बजारको वास्तविक क्षमता अनुसारको र आफ्नो लगानी सुरक्षित राख्दै आउने पर्याप्त नाफामा सन्तुष्ट हुन सिक्नुपर्छ।
07/05/2026
लगानीकर्ताको वर्गीकरण
ग्राहमले आफ्नो पुस्तक 'द इन्टेलिजेन्ट इन्भेस्टर' मा लगानीकर्तालाई दुई भागमा बाँडेका छन्:
1.रक्षात्मक (Defensive) लगानीकर्ता: यस्ता लगानीकर्ताहरू निष्क्रिय हुन्छन्। उनीहरूको मुख्य लक्ष्य ठूलो गल्ती र नोक्सानीबाट बच्नु हो। उनीहरू धेरै समय दिन सक्दैनन् र सुरक्षित लगानी खोज्छन्।
2.इन्टरप्राइजिङ (Enterprising) लगानीकर्ता: यस्ता लगानीकर्ताहरू सक्रिय र आक्रामक हुन्छन्। उनीहरू बजारको गहिरो अध्ययन गर्छन् र औसतभन्दा बढी नाफा कमाउने प्रयास गर्छन्।
07/05/2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घोषणापत्रमा आधारित भएर तयार गरिने बताएका छन्। निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र उच्च करको भार कम गर्ने नीति लिँदै, उनले सुधारिएको र लगानीमैत्री बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।
मुख्य बुँदाहरू:
आधारित: आगामी बजेट रास्वपाले निर्वाचनका बेला सार्वजनिक गरेको प्रतिबद्धता पत्र (घोषणापत्र) अनुसार नै बन्नेछ।निजी क्षेत्रलाई प्राथमिकता:
निजी क्षेत्रलाई "पखेटा फिजाएर उड्न दिने" तर राज्यले नियामक भूमिका खेल्ने उनले उल्लेख गरेका छन्।
कर प्रणालीमा सुधार: उच्च करको दरलाई पुनरावलोकन गर्दै करको दायरा विस्तार गरिनेछ।
सामाजिक बजार अर्थतन्त्र: समाजवादको मोडल (नर्डिक देशहरू जस्तै) अपनाउँदै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यले लगानी गर्ने।
लक्ष्य: नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरमा पुर्याउने र प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि लैजाने लक्ष्य राखिएको छ।
SABON
05/05/2026
Chandraji
“दूरदृष्टि, पारदर्शिता र सुधारमुखी नेतृत्वको आवश्यकता”
किन शिव चन्द्र ? WHY Shiva Chandra?
“दूरदृष्टि, पारदर्शिता र सुधारमुखी नेतृत्वको आवश्यकता”
शिव चन्द्र नेपाली पूँजी बजारप्रति गहिरो अध्ययन, विश्लेषणात्मक सोच तथा सुधारमुखी दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। नेपालको सेयर बजार, लगानीकर्ता मनोविज्ञान, नियामक प्रणाली, वित्तीय साक्षरता तथा बजारको दीर्घकालीन संरचनागत विकासका विषयमा उहाँले निरन्तर चासो र सक्रियता व्यक्त गर्दै आउनुभएको छ।
नेपालको पूँजी बजार अझै विकासको प्रारम्भिक चरणमा रहे पनि यसले राष्ट्रिय अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्ने विशाल सम्भावना बोकेको विश्वास उहाँको रहेको छ। उहाँ पूँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा नभई राष्ट्र निर्माणको महत्वपूर्ण आर्थिक आधारका रूपमा हेर्नुहुन्छ।
विगत केही वर्षदेखि उहाँले सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक माध्यममार्फत पूँजी बजार, लगानीकर्ता शिक्षा तथा बजार सुधार सम्बन्धी आफ्ना विचारहरू प्रस्तुत गर्दै आउनुभएको छ। विशेषगरी युवा लगानीकर्ता तथा नयाँ पुस्तालाई वित्तीय रूपमा सचेत र जिम्मेवार बनाइनुपर्ने विषयमा उहाँले निरन्तर जोड दिँदै आउनुभएको छ।
उहाँको धारणा अनुसार:
“ज्ञानविना गरिएको लगानी जोखिम हो, तर शिक्षित लगानी समृद्धिको आधार हो।”
नेपाल धितोपत्र बोर्ड (SEBON) को भूमिकालाई उहाँ अत्यन्त महत्वपूर्ण मान्नुहुन्छ। नेपालको पूँजी बजारको सर्वोच्च नियामक निकायका रूपमा SEBON ले बजारलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउने जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको विश्वास छ।
शिव चन्द्रले विशेष रूपमा निम्न विषयहरूलाई प्राथमिकतामा राख्दै आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आउनुभएको छ:
=लगानीकर्ता संरक्षण
=Insider Trading नियन्त्रण
=डिजिटल निगरानी प्रणालीको सुदृढीकरण
=IPO प्रक्रियामा सुधार
=Data-Driven Regulation
=Financial Literacy Expansion
=पारदर्शी नीति निर्माण
=संस्थागत सुशासन प्रवर्द्धन
उहाँको दृष्टिमा नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वसनीय बनाउन प्रविधि, पारदर्शिता तथा उत्तरदायित्व अनिवार्य आधारहरू हुन्। त्यसका लागि आधुनिक डिजिटल प्रणालीमार्फत Real-Time Monitoring, Artificial Intelligence आधारित निगरानी तथा प्रभावकारी Market Surveillance प्रणाली लागू गरिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ।
साथै, बजारमा फैलिने गलत सूचना, कृत्रिम चलखेल तथा सामाजिक सञ्जालमार्फत गरिने भ्रामक प्रभावलाई नियन्त्रण गर्न बलियो र प्रभावकारी नियमन आवश्यक रहेको उहाँको धारणा छ। हाल SEBON ले सामाजिक सञ्जालमार्फत बजार प्रभावित गर्ने गतिविधिमाथि निगरानी तथा कारबाही सम्बन्धी चेतावनीसमेत जारी गरिसकेको सन्दर्भमा उहाँ नियामक प्रणालीलाई अझ आधुनिक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ।
शिव चन्द्र युवा पुस्ताको ऊर्जा, आधुनिक सोच तथा व्यावहारिक अनुभवलाई समेटेर नेपालको पूँजी बजारलाई नयाँ युगतर्फ अघि बढाउन सकिने विश्वास राख्नुहुन्छ। उहाँका अनुसार बजारमा केवल विस्तार होइन, गुणस्तरीय, विश्वसनीय र दिगो विकास आवश्यक छ।
उहाँको दृष्टिमा SEBON केवल नियामक संस्था मात्र होइन, लगानीकर्ताको विश्वासको केन्द्र बन्नुपर्छ। पूँजी बजारमा सहभागी प्रत्येक पक्ष -साना लगानीकर्ता, संस्थागत लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर तथा उद्यमी सबैलाई समान अवसर र सुरक्षित वातावरण सुनिश्चित गर्नु नियामक निकायको दायित्व हो भन्ने उहाँको स्पष्ट धारणा छ।
हाल नेपालको पूँजी बजारमा बजार पारदर्शिता, लगानीकर्ता शिक्षा, नयाँ वित्तीय उपकरण, प्रविधिमैत्री नियमन तथा संस्थागत स्वतन्त्रता लगायतका विषयमा व्यापक बहस भइरहेको छ। यिनै सुधारका आवश्यकतालाई केन्द्रमा राख्दै शिव चन्द्र आफूलाई “विश्वसनीय, उत्तरदायी र सुधारमुखी नेतृत्व” का रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ।

नेप्सेमा सुचिकृत विकास बैंकले प्रकासन गरेको Q3 रिपोर्ट अनुसार प्रमुख वित्तिय अवस्था तल राखिएको छ । Npl 5 भन्दा तल भएका र Dps राम्रो भएकाले मात्र लाभांस बाढ्न सहज हुनेछ
शेयर शिक्षा Share Shiksha
04/05/2026
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका शेयर बजार विश्लेषक शिव चन्द्र भन्नु हुन्छ: "नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन मेरो अनुभव र दृष्टिकोणले योगदान पुर्याउन सक्छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको छु।
अवसर प्राप्त भएको खण्डमा, लगानीकर्ताको हित, बजारको दीगो विकास तथा सुशासनलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।"😮
04/05/2026
“पारदर्शी पूँजी बजार, सक्षम नेतृत्व”
"नेपाल धितोपत्र बोर्ड (SEBON) अध्यक्ष पदका लागि"
नेपालको पूँजी बजार आज नयाँ मोडमा उभिएको छ। लगानीकर्ताको विश्वास, नियामक संस्थाको विश्वसनीयता, डिजिटल रूपान्तरण, पारदर्शिता तथा दिगो बजार विकास अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो। यस्तो अवस्थामा अनुभवी, दूरदर्शी, नीतिगत समझ भएका र बजारको वास्तविक मनोविज्ञान बुझ्ने नेतृत्व आवश्यक छ। यही सन्दर्भमा शिव चन्द्र नाम एक सक्षम, अध्ययनशील र बजारमैत्री नेतृत्वका रूपमा अगाडि आएको छ।
सार्वजनिक प्रस्तुति, पूँजी बजारप्रतिको निरन्तर चासो, लगानीकर्ता शिक्षामा देखिएको सक्रियता तथा बजारका संरचनात्मक सुधारप्रतिको दृष्टिकोणले
उहाँलाई Securities Board of Nepal (SEBON) को अध्यक्ष पदका लागि एक बलियो र सक्षम उम्मेदवारका रूपमा हेरिएको छ।
Shiva Chandra
Artha Sarokar
🙏🙏✍️

Shiva Chandra 🙏🙏✍️
“अब नेपालको पूँजी बजारले नयाँ दिशा खोजिरहेको छ।”
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |