10/06/2026
हाम्रो बिधालयकाे ग्रेड बृद्धि परीक्षा काे केन्द्र शान्ति नमुना मा बि मणिग्राम परेको जानकारी गराउँछौं ।
Established 2043 B.S|| SCHOOL FOR ALL
10/06/2026
हाम्रो बिधालयकाे ग्रेड बृद्धि परीक्षा काे केन्द्र शान्ति नमुना मा बि मणिग्राम परेको जानकारी गराउँछौं ।
05/06/2026
बिदा सम्बन्धी सूचना………
05/06/2026
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११, भूपू सैनिकस्थित श्री भुल्के माध्यमिक विद्यालयमा किशोर/किशोरीहरूका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, कुञ्जलापुर, मणिग्रामको आयोजनामा उक्त कार्यक्रम विद्यालय परिसरमा सञ्चालन गरिएको हो।
अभिमुखीकरण कार्यक्रममा लैङ्गिक हिंसाले किशोर/किशोरी अवस्थामा आउने शारीरिक तथा मानसिक परिवर्तन, लैङ्गिक हिंसाका स्वरूपहरू, त्यसबाट बच्ने उपायहरू र कानुनी उपचारका बारेमा विद्यार्थीहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। त्यसैगरी, मनोपरामर्शदाताले किशोर/किशोरी अवस्थामा आइपर्ने मानसिक तनाव र त्यसको सही व्यवस्थापन (मनोपरामर्श) का विषयमा सहजीकरण गर्नुभएको थियो।
05/06/2026
हाम्रो विद्यालय श्री भुल्के माध्यमिक विद्यालयकी प्रतिभाशाली छात्रा एलिना पुनलाई हार्दिक बधाई!
तिलोत्तमा नगरपालिकाद्वारा विश्व वातावरण दिवस २०२६ को अवसरमा आयोजित "Climate Action: Inspired by Nature. For Climate, For Our Future" विषयक नगरस्तरिय पोस्टर (चित्रकला) प्रतियोगितामा आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्दै हाम्रो विद्यालयकी छात्रा एलिना पुनले द्वितीय (2nd) स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।
आफ्नो सिर्जनशीलता र उत्कृष्ट कलामार्फत विद्यालयको गौरव बढाएकोमा एलिना नानीलाई धेरै-धेरै धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौँ।
05/06/2026
विश्व वातावरण दिवस (World Environment Day) का अवसरमा श्री भुल्के माध्यमिक विद्यालय, तिलोत्तमा–११, भूपू सैनिक, रुपन्देहीको आयोजनामा सचेतना र्याली तथा विद्यालय परिसर वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा अन्य सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सचेतना र्यालीमा विद्यालयका भाइबहिनीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। र्याली पश्चात विद्यालयको हाता तथा वरपरका क्षेत्रमा सरसफाइ गरी विश्व वातावरण दिवस मनाइएको थियो।
05/06/2026
यस भुल्के माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा आइस्मा शाहीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
27/05/2026
यस भुल्के माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा सिमरन पुनलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
25/05/2026
यस भुल्के माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा सना मिया र छात्र सुभान मियालाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
19/05/2026
यस भुल्के माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा सृष्टि महतोलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
19/05/2026
यस भुल्के माध्यमिक विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत छात्र शिशिर गुरुङलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 16:00 |