22/06/2026
ADMISSION OPEN 2083
Shape your future with excellence at Oxford College, Butwal.
Affiliated to Tribhuvan University, we offer industry-focused programs designed to prepare you for success.
📚 Programs Available:
🔹 BHM – Bachelor of Hotel Management
🔹 BITM – Bachelor of Information Technology Management
🔹 BBS – Bachelor of Business Studies
🔹 B.Ed. – Bachelor of Education
✨ Experienced Faculty
✨ Practical Learning Environment
✨ Modern Infrastructure
✨ Co-curricular & Career Development Opportunities
📍 Butwal-8, Sukkhanagar, Rupandehi
📞 071-532599 | 9851119126 | 9857089124 | 9847537470
Your journey towards a brighter future starts here. Enroll today!
20/06/2026
नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा अक्सफोर्ड स्काउट ट्रूपद्वारा आयोजित चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक प्रतिभालाई उत्कृष्ट रूपमा प्रस्तुत गर्दै स्काउटिङको भावना, राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचलाई चित्रमार्फत जीवन्त बनाएका थिए। यस्ता गतिविधिले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न, आत्मविश्वास अभिवृद्धि गर्न तथा सिर्जनात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
#संस्कारसहितकोशिक्षा
19/06/2026
कक्षा ९ र १० का विद्यार्थीहरूका लागि लागूपदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीहरूलाई लागूपदार्थ दुर्व्यसनका कारण, त्यसका नकारात्मक प्रभावहरू तथा यसबाट बच्ने प्रभावकारी उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।
यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सही निर्णय क्षमता, आत्मविश्वास र जिम्मेवार नागरिकको भावना विकास गर्न मद्दत पुर्याउँछन्। स्वस्थ, अनुशासित र उज्ज्वल भविष्य निर्माणका लागि लागूपदार्थलाई होइन, ज्ञान, सीप र सकारात्मक जीवनशैलीलाई रोजौँ।
18/06/2026
नेपाल प्रहरी लुम्बिनी प्रदेशद्वारा आयोजित 'समुदाय–प्रहरी साझेदारी कार्यक्रम' मा अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् । यस कार्यक्रममार्फत विद्यार्थीहरूले समुदाय र प्रहरीबीचको सहकार्य, सामाजिक उत्तरदायित्व, सुरक्षा सचेतना तथा नागरिक कर्तव्यबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका छन् ।
#संस्कारसहितकोशिक्षा
18/06/2026
A successful Book Reading Culture Workshop was conducted for teachers with the objective of strengthening professional growth through reading. The session highlighted the vital role of reading in enhancing pedagogical practices, broadening perspectives, fostering critical thinking, and promoting lifelong learning. Together, we are cultivating a vibrant reading culture that empowers educators to inspire the next generation of learners.
16/06/2026
Empowering Teaching and Learning through Continuous Assessment System (CAS): 'A productive session with our dedicated teachers, focused on strengthening assessment practices, enhancing learning outcomes, and building stronger teacher-student engagement for holistic student development.'
16/06/2026
लुम्बिनी प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टाअप व्यवसाय प्रदर्शनी अवलोकन गर्दै विद्यार्थीहरू ।
15/06/2026
लोक सेवा आयोग, बुटवलको ७६ औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। यस सफलताले अक्सफोर्डको शैक्षिक उत्कृष्टता, मेहनत र प्रतिभालाई थप उजागर गरेको छ। आगामी दिनहरूमा पनि यस्तै गौरवपूर्ण उपलब्धिहरू हासिल गर्दै विद्यालय, अभिभावक तथा सम्पूर्ण अक्सफोर्ड परिवारको शिर उच्च राख्न सफल बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
#संस्कारसहितकोशिक्षा