Narainapur Basic School Butwal-16,Rupandehi

Narainapur Basic School Butwal-16,Rupandehi

Share

गुणस्तरीय शिक्षा र अनुशासनमा केन्द्रित एक उत्कृष्ट शैक्षिक संस्था हो, जहाँ विद्यार्थीको सर्वांगीण विकासलाई प्राथमिकता दिइन्छ।

05/06/2026

विश्व वातावरण दिवस

विश्व वातावरण दिवस प्रत्येक वर्ष जुन ५ मा मनाइन्छ। यसको उद्देश्य वातावरण संरक्षणबारे जनचेतना फैलाउनु हो। प्रदूषण, वन विनाश र जलवायु परिवर्तन रोक्न वृक्षारोपण, फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोगमा सबैको सक्रिय सहभागिता आवश्यक छ। 🌱🌍

04/06/2026
29/05/2026

यस बिद्यालयका शिक्षक श्री निमा केसि ज्यु को आज परेको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना! 🎉तपाईंको सुस्वास्थ्य, दीर्घायु तथा सुख समृद्धिको हार्दिक कामना सहित जीवनका हरेक दिन खुशी, सफलता र सम्मानले भरिपूर्ण रहून । फेरि पनि जन्मदिनको लाखौ लाख शुभकामना 🌹🌹

Photos from Narainapur Basic School Butwal-16,Rupandehi's post 26/05/2026

हामी सबै बाचा गरौँ, बाल अधिकारको पालना गरौँ" भन्ने मूल नाराका साथ बुटवल उपमहानगरपालिकाको आयोजना तथा बटौली नाट्य कला मञ्च (बुटवल-१७) को प्रस्तुतिमा बाल अधिकारका ५१ वटा सूचकाङ्क सहितको विशेष सडक नाटक "बाल अधिकार" आज विद्यालय प्राङ्गणमा मञ्चन भयो।
कलाकारहरूको उत्कृष्ट अभिनय र जीवन्त प्रस्तुतिमार्फत हाम्रा विद्यार्थीहरूले रमाइलो गर्दै बाल अधिकार र आफ्ना कर्तव्यहरूका बारेमा सिक्ने उत्कृष्ट अवसर पाए। बालबालिकाको चौतर्फी विकास र चेतनाका लागि यस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गरिदिएकोमा आयोजक तथा कलाकार टोलीप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। 🙏🙏🙏

#बालअधिकार #सडकनाटक #नरैनापुर आ बि #बुटवलउपमहानगरपालिका #बटौलीनाट्यकलामञ्च #रचनात्मकसिकाइ #बुटवल१६

Photos from Narainapur Basic School Butwal-16,Rupandehi's post 22/05/2026

विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विद्यार्थी सदन प्रतिनिधि छनोट कार्यक्रम नमुना निर्वाचन प्रक्रियामार्फत सफलतापूर्वक सम्पन्न गरियो ।
विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्यमान्यता, मतदान प्रक्रिया तथा नेतृत्व चयनसम्बन्धी व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम विशेष रूपमा विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक बनाउने शैक्षिक अभ्यासका रूपमा रहेको थियो । यसले उनीहरूलाई भविष्यमा राज्यका विभिन्न तहमा हुने निर्वाचन तथा प्रतिनिधि छनोट प्रक्रियाबारे स्पष्ट बुझाइ प्रदान गर्नुका साथै सचेत, जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित गरेको छ ।
उम्मेदवारी दर्तादेखि मतदान, मतगणना तथा परिणाम घोषणा सम्मका सम्पूर्ण चरणमा विद्यार्थीहरूको सक्रिय, उत्साही र अनुशासित सहभागिता रहेको थियो । यस प्रक्रियाले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य भावना, निर्णय क्षमता तथा जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

कार्यक्रमलाई सफल, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने अतिरिक्त क्रियाकलाप समिति, विभिन्न विषयगत विभागका शिक्षक शिक्षिकाहरू तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू प्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Butwal
32907