Khaptad Academy

Khaptad Academy

Share

Welcome to Khaptad Academy. Our aim is to provide quality of education that inspires our students.

22/06/2026

सूचना !! सूचना !! सूचना!!
धनगढी उपमहानगरपालिकाले असार ९ गतेदेखि असार १२ गतेसम्म (४ )दिन गर्मी बिदा दिने निर्णय गरेको हुँदा उक्त निर्णयलाई आधार मानी हाम्रो विद्यालय पनि सो अवधिभर बन्द रहने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकज्यूहरूमा गराइन्छ।
साथै, असार १३ र १४ गते सार्वजनिक बिदा रहेकाले विद्यालयको पठनपाठन असार १५ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
यो सूचना प्रकाशित हुँदासम्म विद्यालयमा बिदा भइसकेको भएकाले सम्पूर्ण कक्षाका विद्यार्थीहरूको गृहकार्य (Homework) सम्बन्धित कक्षाको WhatsApp group पठाइएको छ। त्यसैले बिदाको समयमा आफ्ना बालबालिकालाई नियमित रूपमा गृहकार्य गर्न आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
खप्तड एकेडेमी
विद्यालय प्रशासन

20/06/2026


15/06/2026

pencil ✏️ pick up race

12/06/2026

आज कक्षा LKG का नानीबाबुहरूलाई इन्द्रिय अङ्ग (Sense organ) (आँखा, कान, नाक, जिब्रो र छाला) सम्बन्धी व्यवहारिक गतिविधिमार्फत सिकाइ गरियो। विभिन्न वस्तुहरू देखाएर आँखा केका लागि प्रयोग हुन्छ भन्ने बुझाइयो। विभिन्न आवाजहरू सुनाएर कानले सुन्ने कार्य गराइयो। फूल सुँघाएर नाकको कामबारे जानकारी दिइयो। नुन को स्वाद चखाएर जिब्रोले स्वाद थाहा पाउने कुरा सिकाइयो। साथै नरम कपास छोएर छालाले स्पर्शको अनुभव गर्ने तरिका बुझाइयो।
यस प्रकारको व्यवहारिक (Practical) सिकाइबाट नानीबाबुहरूले इन्द्रिय अङ्गहरूको नाम, काम र महत्व सजिलै बुझेकाछन्।

Photos from Khaptad Academy 's post 12/06/2026

Friday activities

12/06/2026

शुक्रबारिय कार्यक्रम अन्तर्गत आज विद्यालयका साना नानीबाबुहरूलाई हात धुने सही तरिका (Handwash Activities) सम्बन्धी व्यवहारिक सिकाइ गराइयो। यस क्रममा शिक्षिका ज्यू ले साबुन र सफा पानीको प्रयोग गरी हात कसरी राम्रोसँग धुने भन्ने विषयमा प्रदर्शन गरेर देखाउनुभयो। नानीबाबुहरूले हातका औँलाको बीचभाग, नङमुनि, हातको पछाडिको भाग तथा नाडीसमेत सफा गर्ने तरिका सिके। साथै, खाना खानुअघि, शौचालय प्रयोग गरेपछि तथा खेलकुद गतिविधिपछि हात धुनुपर्ने महत्त्वबारे पनि जानकारी दिइयो। यस गतिविधिले बालबालिकाहरूमा व्यक्तिगत सरसफाइको बानी विकास गर्न, रोगको संक्रमणबाट बच्न तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरणा प्रदान गरेको छ भने आसा लिएका छौँ।

09/06/2026

Happy birthday to u babu 🎂
God bless you 🙏

05/06/2026

विश्व वातावरण दिवसको अवसरमा हाम्रो विद्यालयकि छात्रा दीपिका चौधरी को तर्फ बाट वातावरण संरक्षणसम्बन्धी आफ्नो धारणा प्रस्तुत गरदै। 🌱
#विश्ववातावरणदिवस

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhangadhi

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 15:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 16:00