Discovery Secondary School

Discovery Secondary School

Share

“Education is the most powerful weapon which you can use to change the world.”

26/06/2026

हार्दिक निमन्त्रणा
मिति २०८३ असार १३ गते, शनिबार का दिन डिस्कभरी माध्यमिक विद्यालयको सभाहलमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुँदा
कक्षा ८,९ र १० अध्ययनरत विद्यार्थीहरूका सम्पूर्ण अभिभावकज्यूहरूलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास तथा विद्यालय–अभिभावक सहकार्यलाई अझ प्रभावकारी बनाउन आयोजित यस कार्यक्रममा यहाँहरूको सहभागिता अत्यन्त महत्वपूर्ण रहनेछ।
बिहान ८:०० बजे
स्थान : विद्यालय सभाहल

यहाँहरूको गरिमामय उपस्थितिको अपेक्षा गर्दछाै।

डिस्कभरी माध्यमिक विद्यालय
विद्यालय प्रशासन

25/06/2026

विद्यार्थी भाइबहिनीहरूको हस्तलेखन तथा अक्षर सुधार गर्ने उद्देश्यले हाम्रो विद्यालयमा एक हप्ते विशेष हस्तलेखन तालिम सञ्चालन गरिएको छ। उक्त तालिममा कक्षा २ देखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरू सक्रिय रूपमा सहभागी भएका छन् र तालिम सफलतापूर्वक अगाडि बढिरहेको छ।
हाल धनगढी उपमहानगरपालिकाले प्रदान गरेको गर्मी बिदाको समयलाई सदुपयोग गर्दै आदरणीय अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूको अध्ययनमा विशेष ध्यान दिन, नियमित रूपमा अक्षर लेख्ने अभ्यास गराउन तथा गृहकार्यमा आवश्यक मार्गदर्शन प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ।
यस्ता तालिमहरूले विद्यार्थीहरूको सुन्दर हस्तलेखन विकास गर्नुका साथै अनुशासन, एकाग्रता, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेल्दछन्। विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ।

25/06/2026

Happy Birthday, Nirajan Sir! 🎉🎂
Wishing you a very happy birthday, Sir. May this special day bring you good health, happiness, success, and prosperity. Thank you for your dedication, guidance, and inspiration. Your hard work and commitment continue to shape the future of many students.

May you be blessed with a long, joyful, and successful life ahead.

Happy Birthday and best wishes for the years to come! 🌹🎈🎁📚

24/06/2026

कक्षा ९ को छात्र आलोक खत्रीले स्काउटको बारेमा जानकारी गराउँदै स्काउट भनेको के हो? यसको उद्देश्य र कार्यहरू के-के हुन् भन्ने विषयमा प्रकाश पार्नुभयो। उहाँले स्काउटले अनुशासन, नेतृत्व क्षमता, सेवा भावना, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी, नेपालजस्ता विकासोन्मुख देशहरूमा स्काउटको आवश्यकता किन महत्वपूर्ण छ भन्ने विषयमा चर्चा गर्दै प्राकृतिक विपद्, सामाजिक सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका कार्यहरूमा स्काउटको योगदानबारे जानकारी दिनुभयो। विश्वव्यापीकरणको युगमा विभिन्न देशका युवाहरूबीच मित्रता, सहकार्य, आपसी सम्मान र विश्वशान्तिको भावना विकास गर्न स्काउटले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो।

साथै, विद्यार्थीहरूको आचरण, व्यवहार, नैतिक मूल्य, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकासमा स्काउटको विशेष भूमिका रहने भएकाले हरेक विद्यार्थीले स्काउटका सिद्धान्त र मूल्यहरूलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

24/06/2026

कक्षा ९ मा अध्ययनरत छात्रा प्रिन्सिका नाथले सामाजिक विषयअन्तर्गत समाजमा रहेका विभिन्न सामाजिक समस्याहरू के-के हुन् र ती समस्याहरूको समाधानका लागि विभिन्न संघ–संस्थाहरूले कस्ता प्रकारका मानवीय सहयोग प्रदान गर्दै आएका छन् भन्ने विषयमा जानकारी प्रस्तुत गरिन्। उहाँले गरिबी, अशिक्षा, बालविवाह, घरेलु हिंसा, लागूपदार्थ दुर्व्यसन, बेरोजगारी लगायतका सामाजिक समस्याहरूको बारेमा चर्चा गर्दै तिनको समाधानमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिकाबारे प्रकाश पारिन्।

यस अवसरमा विद्यार्थीहरूलाई यस्ता व्यवहारिक तथा सिर्जनात्मक परियोजनामार्फत सिकाइसँग जोड्नुभएकोमा सामाजिक विषयका शिक्षक पुष्कर भट्टज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यस्ता परियोजनाहरूले विद्यार्थीहरूको ज्ञान, सीप र सामाजिक चेतनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। धन्यवाद।

24/06/2026

Happy birthday babu

23/06/2026

Teachers Needed.

23/06/2026

Happy birthday to you babu..

23/06/2026

📚📚✏️ अक्षर पहिचान तथा मिलान गतिविधि ✏️📚सिक्दै, रमाउँदै–बुझ्दै भन्ने अवधारणा अनुसार सिकाइलाई अझ प्रभावकारी र रमाइलो बनाउने प्रयास जारी छ।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kantipur Tole
Dhangadhi
977

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00