23/06/2026
हार्दिक बधाई
Shree Public High School Dharan-12 Sunsari is a well known Government Model School of Eastern Nepal.
23/06/2026
हार्दिक बधाई
कक्षा १२ को नियमित तर्फ वार्षिक परीक्षामा दुई विषयसम्म NG ल्याउने वा अनुपस्थित हुने विद्यार्थी भाइबहिनीहरूलाई ग्रेड वृद्धि परीक्षा आवेदन फारम यही मिति २०८३ असार १२ गते शुक्रबार भित्र@ भर्नको लागि जानकारी गराइन्छ।
थप जानकारीको लागि 9852049518,9709010218, 9817302100, 9804342571 मा सम्पर्क गर्नको लागि जानकारी गराइन्छ।
20/06/2026
Professional Development Program for Mathematics Teachers@ Public High School from 2083-03-05 to 2083-03-07
20/06/2026
शिक्षा विकास निर्देशनालय, धनकुटाका निर्देशक आदरणीय कृष्ण पोखरेल सर लगायतको पदाधिकारीहरु द्वारा एसइइ ग्रेड वृद्धि परीक्षाको अनुगमनको क्रममा@ पब्लिक हाइ स्कुल
20/06/2026
शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक आदरणीय कृष्णप्रसाद पोखरेल सर सहितका अन्य पदाधिकारी ज्यूहरु पब्लिक हाई स्कुलमा SEE ग्रेड वृद्धि परीक्षाको अनुगमनको क्रममा
19/06/2026
राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख आदरणीय प्रकाश खरेल सर सहितका अन्य पदाधिकारी ज्यूहरु पब्लिक हाई स्कुलमा SEE ग्रेड वृद्धि परीक्षाको अनुगमनको क्रममा शिक्षकहरुसँग भलाकुसारी ।
19/06/2026
कक्षा 12 को परीक्षामा Management तर्फका छात्र आयुष कटुवालले 3.96 GPA ल्याई सर्वोत्कृष्ट नतिजा प्राप्त गरेकोमा हार्दिक बधाई साथै उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। यसका लागि सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक,कर्मचारी, अभिभावकज्यूहरू, शुभचिन्तक ज्यूहरुलाई हार्दिक धन्यवाद।
15/06/2026
पब्लिक हाईस्कुलमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम
धरान–१२ स्थित Public High School मा कक्षा ११ व्यवस्थापन संकायका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक Dr. Indra Mohan Jha ले विद्यालयको इतिहास, शैक्षिक उपलब्धि, अनुशासन, पठनपाठन प्रणाली तथा विद्यार्थीले पालना गर्नुपर्ने आचरणका विषयमा जानकारी गराउनुभयो। उहाँले विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो।
अभिमुखीकरण कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो। कक्षा ११ का विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, विभिन्न कार्यक्रम तथा अवसरहरूबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालय सम्बन्धी आवश्यक जानकारी प्राप्त गरेको बताउँदै आगामी अध्ययन यात्राका लागि कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।
14/06/2026
भोलि २०८३ साल असार १ गते कक्षा ११ र १२ को सबै कक्षाहरू बिहान ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन हुने जानकारी गराइन्छ। साथै कक्षा ९ र १० इलेक्ट्रिकलको कक्षाहरू पनि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी गराइन्छ।
विद्यार्थी भाइबहिनीहरूको Room Chart निम्नानुसार रहेको छ।
साथै बसको समय निम्नानुसार रहेको जानकारी गराइन्छ।
यही असार १ गते सोमबार बिहान ६ बजेदेखि कक्षा ११ र १२ को नियमित कक्षाहरू सञ्चालन हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, अभिभावकज्यूहरू, शिक्षक कर्मचारी वर्ग एवं सरोकारवालाज्यूहरूलाई जानकारी गराइन्छ।
साथै बस सम्बन्धी जानकारी आइतबार बिहान प्रकाशन गरिनेछ।
| Monday | 06:00 - 16:00 |
| Tuesday | 06:00 - 16:00 |
| Wednesday | 06:00 - 16:00 |
| Thursday | 06:00 - 16:00 |
| Friday | 06:00 - 16:00 |
| Sunday | 06:00 - 16:00 |