20/05/2026
कक्षा ६ मा अध्ययनरत रचना गणेशको आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना ।🎉🎉🎉
Estd. B.s. 2018
A public school from class nursery to class 10.
20/05/2026
कक्षा ६ मा अध्ययनरत रचना गणेशको आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना ।🎉🎉🎉
Class -10
Subject Teacher:Sonam Aacharya
Class 8
Happy friday
13/05/2026
एसईई (SEE) २०८२: नतिजा तथा शुभकामना सन्देश
श्री जानकी माध्यमिक विद्यालय
कचनकवल- ५ पाठामारी,झापा
शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा सम्मिलित १५जना विद्यार्थीहरूमध्ये ८ जना अर्थात ५३.३३%सफल भई माथिल्लो कक्षाका लागि योग्य हुनुभएकोमा विद्यालय परिवार गर्व व्यक्त गर्दछ।
बधाई तथा शुभकामना!
"सफलताको पहिलो खुड्किलो पार गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! तपाईँहरूको निरन्तर मेहेनत र गुरुवर्गको मार्गदर्शनले यो उपलब्धि सम्भव भएको हो।"
जुन विद्यार्थी साथीहरूको नतिजामा NG आएको ६
निराश नभई आत्मविश्वासका साथ मौका परीक्षामा सहभागी भई सफलता हासिल गर्न सकून् भन्ने हार्दिक शुभकामना।
असफलता अन्त्य होइन, सफलताको अर्को सुरुवात हो। मेहनत, धैर्यता र आत्मबलले अवश्य सफलता दिलाउँछ ।
— प्रधानाध्यापक एवं विद्यालय परिवार
27/04/2026
सूचना! सूचना!! सूचना!!!
यही मिति २०८३ साल वैशाख १५ गतेदेखि शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी अभिलेखीकरण (भर्ना अभियान) सुरु भएको व्यहोरा यसै सूचनामार्फत गर्दछौँ।
Preparing teaching learning material
-Team Janaki Secondary School
कक्षा -8 मा ग्रेड विर्धी परीक्षा दिने सम्पूर्ण विद्यार्थी हरु ,प्रवेश पत्र लिन तथा Routine बुझ्न अनिवार्य ,भोलि मिति २०८३/०१/०८ गते मंगलबर को दिन
विद्यालय मा १० बजे उपथित हुन् जानकारी गराईन्छ
परीक्षा समितिकाे निर्णयानुसार आधारभूत तह कक्षा ८ काे ग्रेडवृद्धि परीक्षा मिति २०८३/०१/०९। र १० गते संचालन तपशिल बमाेजिम हुने व्यहाेरा अनुराेध छ ।
२०८३/१/०९ गते संचालन हुने विषयहरु:
१) एउटा मात्र विषय लाग्ने (सामाजिक विषय बाहेक) सबै विषय
२)गणित विषय सबै
३) विज्ञान र सामाजिक विषय भएमा पहिलाे दिन विज्ञान विषय
४) विज्ञान र स्वास्थ विषय भए पहिलाे दिन विज्ञान
५) नेपाली र स्वास्थ विषय भएमा पहिलाे दिन नेपाली
६)नेपाली र सामाजिक भए पहिलाे दिन नेपाली
७) अंग्रेजी र सामाजिक भए पहिलाे दिन अंग्रेजी
७) सामाजिक र स्वास्थ्य विषय भए पहिलाे दिन स्वास्थ
२०८३/१/१० गते संचालन हुने परीक्षा
१) सामाजिक विषय सबै
४) बाँकी रहेका सबै विषयहरु
08/04/2026
कक्षा ८ मा पढ्ने विद्यार्थीहरूले बुझ्नुपर्ने मुख्य कुराहरू
१. कसले परीक्षा दिन पाउने?
पालिका स्तरीय वार्षिक परीक्षामा बढीमा २ वटा विषयसम्म 'NG' (Non-Graded) आएका विद्यार्थीहरूले यो परीक्षा दिन पाउनेछन्।
२. फारम कहिले र कहाँ भर्ने?
तपाईंले आफ्नो विद्यालयमा सम्पर्क गरेर २०८२ चैत २४ गतेदेखि ३० गतेसम्म फारम भरिसक्नुपर्नेछ।
विद्यालयले तपाईंका विवरणहरू IEMIS प्रणालीबाट अपडेट गरेर शिक्षा शाखामा बुझाउनेछ।
३. परीक्षा शुल्क कति लाग्छ?
एउटा विषयको परीक्षा दिए बापत २७५ रुपैयाँ राजस्व तिर्नुपर्नेछ।
४. विवरण सच्याउने मौका
यदि तपाईंको नाम, जन्ममिति, वा बुबा-आमाको नाम 'लेजर' (Result Sheet) मा बिग्रिएको छ भने आवश्यक कागजपत्र सहित २०८३ वैशाख १५ गतेभित्र सच्याउन निवेदन दिन सकिन्छ।
५. परीक्षा कहिले र कहाँ हुन्छ?
मिति: २०८३ साल वैशाख ९ र १० गते।
समय: बिहान ठीक १०:०० बजेदेखि।
परीक्षा केन्द्र: श्री लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय (कचंकवल वडा नं. २)।
थप जानकारी को लागि विद्यालय मा सम्पर्क गर्नु होला 🙏
29/03/2026
“श्री जानकी माध्यमिक विद्यालय, कचनकवल–५, पाठामारी, झापा का नवगठित व्यवस्थापन समितिले विद्यालयका हरेक पक्षको उत्कृष्ट ढङ्गले व्यवस्थापन गरी विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशाका साथ, सम्पूर्ण विद्यालय परिवारका तर्फबाट समितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।”