Happydent Dot Com

Happydent Dot Com

Share

Happydent Dot Com Located conveniently at Sukedhara, we offer comprehensive dental care to keep your smile bright and healthy.

Our experienced team is dedicated to providing top-notch treatments in a comfortable, welcoming environment.

✨ Services: General Dentistry | Cosmetic Dentistry | Preventive Care
📞 Contact Us: 01-4374045
🌐 Book Online: happydentdental.com/appointment

Your smile, our passion!

13/06/2026

दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब! Rabindra Mishra

-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।

-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।

All credit goes to PM B***n!
तत्काल कार्यान्वयन होस्!

12/06/2026

Birthday Celebration

11/06/2026

जसलाई एक समय जान-अन्जानमा अनेकथरी आरोप लगाइयो, गाली गरियो र उनीहरूको हृदयमा ठेस लगाउने काम भएको जस्तो लाग्छ ।

समिक्षा अधिकारी जसलाई एक समय 'दश लाख' भनेर अपहेलित गरियो ।

मिन बहादुर गुरुङ जसको राजनीतिक निकटताको कारण भटाभटेनी सुपर मार्केट आन्दोलनकारीको निरन्तरको निशानामा पर्न गयो ।

हितेन्द्रदेव शाक्य जसलाई शाक्य थर मिलेकै कारण सालो केटो उपमा दिइयो, जसको जेन-जी मुभनेन्टमा घर जल्न पुग्यो ।

एलिना चौहान जसलाई श्रीमानसँगको डिभोर्सलाई लिएर अपमानित गरियो ।

धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरेलाई रङ्गशाला सम्पन्न गर्न नसकेकोमा अनेकथरी आरोप लगाइयो ।

दिपा श्री निरौला जसले महानायक विवाद र दिपकराज गिरीसँगको निकटताको कारण निकै गाली खानु पर्यो ।

तर समय क्रममा यथार्थ थाहा हुन् गयो । उनीहरूमाथी परेको मानसिक आघात र कतिपयमा परेको भौतिक क्षतिको लागि एक पटक माफी माग्ने कि ?!

10/06/2026

शीतल निवासमा शपथ ग्रहण l

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न गरेको छ l

10/06/2026

😂😂😂🙏🙏

06/06/2026

टिकटकमा 'नेपाली ब्रो' नामले परिचित कुमार थापा श्रीमतीको ह त्या गरेको आ'रोपमा प क्राउ परेका छन्। बालाजुमा उनले आफ्नो श्री'मतीको ह त्या गरेको आरोपमा शुक्रवार बेलुका प क्राउ परेका हुन्।

प्र'हरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्री'मती ईश्वरी भुजेललाई घरायसी विवादका कारण खु कु'रीले हानेका थिए। खुकु री'ले लागेर घा'इते भएकी उ'नलाई शिक्षण अ'स्पताल माहराजगञ्ज लगिएकोमा बेलुका साढे ११ बजे मृ'त्यु भएको थियो।

वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी नेपाली ब्रोको रुपमा परिचित थिए।

05/06/2026

हिमालको चमत्कार: ६ दिनसम्म खाना, पानी र अक्सिजनबिना एभरेस्टमा बाँचे दावा शेर्पा!

काठमाडौं, ५ जुन २०२६ — विश्वको सर्वोच्च शिखर सगरमाथामा ६ दिनसम्म एक्लै, खाना, पानी र सप्लिमेन्टरी अक्सिजनबिना बाँचेर फर्किएका नेपाली शेर्पा हिलारी दावा शेर्पा अहिले विश्वभर चर्चामा छन्। उनी मृत्यु भएको अनुमान गरिएका थिए, तर जीवितै फर्किएर चमत्कारिक कथाका पात्र बनेका छन्।

५२ वर्षीय दावा शेर्पा हिमालयन ट्राभर्स कम्पनीबाट एक पोलिस ग्राहकसँग सगरमाथा आरोहणका लागि गएका थिए। मे २९ तारिखमा उनी ग्राहकसँगै उच्च क्षेत्रबाट फर्किने क्रममा थिए। तर दावा आधार शिविरमा फर्कन सकेनन्। उनको सम्पर्क टुट्यो र उनी हराएको ठानियो। परिवारले अन्तिम संस्कारको तयारीसमेत थालेको थियो।

तर जुन ४ तारिखमा सगरमाथा प्रदूषण नियन्त्रण समितिको सरसफाइ टोलीले आधार शिविर नजिकको हिउँको ढिस्कोमा घिसारिँदै आएको अवस्थामा दावालाई फेला पारेको थियो। उनी खुम्बु आइसफल क्षेत्रबाट तल झरिरहेका थिए। फिक्स्ड रोप र भर्याङ हटाइसकिएको अवस्थामा उनी कसरी बाँचे, यो अझै रहस्यमय बनेको छ।

चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ। हातखुट्टामा चिसोका कारण गम्भीर चोट (फ्रस्टबाइट) लागेको छ। उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ। अस्पतालमा श्रीमती र छोरीसँग उनको भावुक पुनर्मिलन भएको छ।

शेर्पा समुदाय र आरोहण विशेषज्ञहरूले यस घटनालाई “अत्यन्त दुर्लभ र चमत्कारिक” भनेका छन्। सगरमाथाको ‘डेथ जोन’ मा ६ दिनसम्म बाँच्नु सामान्यतया असम्भव मानिन्छ।

दावा शेर्पा लामो समयदेखि सगरमाथा गाइडका रूपमा कार्यरत छन्। यो घटनाले शेर्पाहरूले बेहोर्ने जोखिम र उनीहरूको अदम्य साहसलाई एकपटक फेरि विश्वसामु उजागर गरेको छ।

#दावा_शेर्पा #सगरमाथा_चमत्कार #शेर्पा_साहस

05/06/2026

Amazing story of survival in Mt. Everest: करिब एक हप्ता देखि सगरमाथामा हराएका दावा शेर्पा एउटा Travel कम्पनी मार्फत सगरमाथा गएका थिए तर फर्किने क्रममा Camp IV को ओरालोबाट उनी छुट्न पुगे । उनलाई अक्सिजनको कमि हुन थालेपछि जसोतसो Camp III मा आएर खाना खाए अनि त्यहाँबाट तल झरेर खम्पस भित्र बास बसे । उनी धेरै दिन सगरमाथामा एक्लै बसे, उनका औंलाहरु हिउँले खाए । उद्धारमा गएको हेलिकप्टरलाई उनले देखेपनि हेलिकप्टर उचाइमा भएको कारण उनको उद्धार हुन सकेन । एक बिहान उनी संघर्ष गर्दै घिस्रिएर तलतिर झर्दै गर्दा भाग्यबस सगरमाथा सरसफाइ गर्ने टोलिले उनलाई देखेपछि बोकेर तल तिर ल्याए र हेलिकप्टरमा काठमाडौं ल्याएर अहिले उनको उपचार भैरहेको छ, as per his Family. ❤️

05/06/2026

रास्वपा सांसद एवम् निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले ‘विवादास्पद कम्पनीको सेयर खरिदमा कुनै संलग्नता नदेखिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । अच्युतमप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले शुक्रवार प्रधानमन्त्री समक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको हो ।

05/06/2026

हिरासद मा ७ घन्टा

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sukedhara
Kathmandu
44600