20/06/2026
Story telling by students enhances public speaking, creativity and critical thinking. # class -5
+ 2 COLLEGE
20/06/2026
Story telling by students enhances public speaking, creativity and critical thinking. # class -5
19/06/2026
हार्दिक बधाई तथा भर्ना सम्बन्धी सूचना !
कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको सुखद कामना व्यक्त गर्दछौं ।
यस विद्यालयबाट नियमिततर्फ ९५.०८ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भई उत्कृष्ट नतिजा हासिल भएको सहर्ष जानकारी गराउँदछौं । यो गौरवमय सफलतासँगै यस विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना खुला भइसकेको हुनाले विद्यार्थीहरूले यथाशीघ्र विद्यालय प्रशासनमा सम्पर्क राखी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ ।
18/06/2026
Our students at Pharping Secondary School designed and demonstrated this amazing hydraulic bridge model based on Pascal's Law — where fluid pressure does the heavy lifting, just like in real bridges and elevators! 🏗️💧 Proud of your hard work, team! 👏
15/06/2026
रुक्मिणी प्रतिष्ठान, दक्षिणकाली नगरपालिका वडा नं. ६ र विद्यालयको त्रिपक्षीय सहयोगमा मिति २०८३/०२/२५ गतेबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम प्रारम्भ भएको छ।
11/06/2026
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
यस फर्पिङ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुल्यो।
फाराम वितरण: धमाधम भइरहेको छ।
कक्षा सञ्चालन: २०८३/०३/०१ गतेदेखि ।
"गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता ।"
09/06/2026
Fine and gross motor skills in a play group setting is essential because it builds the foundation for physical coordination, cognitive problems - solving and everyday independence.
07/06/2026
विश्व वातावरण दिवस कार्यक्रम ।
05/06/2026
विजयी विद्यार्थी तथा सहयोगी शिक्षकहरूमा हार्दिक बधाई एवं धन्यवाद !
विद्यालयको स्कुल क्याप्टेन/भाइस क्याप्टेन तथा चारवटै हाउसका क्याप्टेन/भाइस क्याप्टेन पदका लागि सम्पन्न निर्वाचनमा विजयी हुनुभएका सम्पूर्ण उम्मेदवार विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
नवनिर्वाचित क्याप्टेन/भाईस क्याप्टेन परिषदले विद्यालयको गरिमा उच्च राख्दै, विद्यार्थी साथीहरूको सिकाइ वातावरण र प्रतिभा प्रस्फुटनका लागि विशेष कार्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।
साथै, यस निर्वाचनलाई अत्यन्तै अनुशासित, सभ्य र भव्य रूपमा सम्पन्न गराउन सक्रियताका साथ अहोरात्र खटिनुहुने सम्पूर्ण शिक्षक स्टाफ एवं कर्मचारी मित्रहरूमा हार्दिक कृतज्ञता सहित विशेष धन्यवाद ज्ञापन गर्दछौँ । 🙏🙏🙏
04/06/2026
सम्पुर्ण SEE परीक्षा उत्तीर्ण विद्यार्थीहरू उपस्थितिको लागि सुचित गरिन्छ ।
समय: विहान ७ बजे ।
स्थान: फर्पिङ बसपार्क