10/06/2026
मेरो मृत्युको दिन भन्दा, मेरो एक्लोपनले मरेको दिन डर लाग्दो थियो...
म आज यो संसारमा छैन। मेरो शरीर माटोमुनि गाडिएको छ, तर मेरो हङ्स अझै कतै भड्किरहेको छ। आज म माथिबाट सबै हेर्दै छु। मेरो मृत्युको खबर सुनेर रोएका अनुहारहरू देख्दै छु। फूल बोकेर आएका मानिसहरू देख्दै छु। तर एउटा कुरा सोध्न मन लागिरहेको छ—म बाँच्दा कहाँ थियौ तिमीहरू?
आज मेरो फोटो अगाडि बसेर आँसु झार्दै छौ। सामाजिक सञ्जालमा लामो-लामो स्टाटस लेख्दै छौ। "उ असल मान्छे थियो", "उलाई धेरै सम्झिनेछौँ" भन्दै छौ। तर याद छ? म रातभर रोएको बेला तिमीहरू मध्ये कसैले एउटा सन्देश पनि पठाएका थिएनौ।
मरेको दिनभन्दा धेरै डर लाग्दो दिन त त्यो थियो, जुन दिन मेरो एक्लोपन मरेको थियो। जब म भित्रभित्रै चिच्याइरहेको थिएँ, तर मेरो आवाज सुन्ने कोही थिएन। जब म हाँसेको अभिनय गरिरहेको थिएँ, तर मेरो मुटु रगत रोइरहेको थियो।
कति अचम्मको संसार रहेछ! बाँच्दा घाउमाथि नुन छर्किनेहरू नै आज मेरो चिहानमा फूल चढाउन आएका छन्। मेरो हङ्सलाई हाँसो उठिरहेको छ। कस्तो नाटक गर्न सक्छन् मान्छेहरू!
ए साथीहरू, तिमीहरूले मलाई मारेका होइनौ। तर तिमीहरूको बेवास्ता, तिमीहरूको स्वार्थ, तिमीहरूको झुटो माया र आवश्यक पर्दा मात्रै सम्झिने बानीले मलाई बिस्तारै सकाएको थियो। शरीर त पछि मरेको हो, म त धेरै पहिल्यै सकिएको थिएँ।
याद छ? म एकदिन धेरै थाकेर बसेको थिएँ। कसैले सोधेन—"तिमी ठिक छौ?" सबैलाई आफ्नो काम थियो। सबैलाई आफ्नो संसार प्यारो थियो। अनि म? म त केवल प्रयोग गरिने एउटा मान्छे थिएँ।
आज तिमीहरू रोइरहेका छौ। तर मेरो हङ्सको मनमा एउटा गुनासो छ—मरेपछि देखाएको माया, बाँच्दा देखाएको भए म सायद यति चाँडै हराउने थिइनँ।
र तिमी, जसलाई मैले आफ्नो संसार ठानेको थिएँ। तिमीले त मलाई सबैभन्दा ठूलो चोट दियौ। म रातभर तिम्रो सम्झनामा भत्भती पोलिरहेको थिएँ, अनि तिमी अर्कै संसारमा रमाइरहेकी थियौ। मेरो आँसु तिम्रो लागि केही थिएन। मेरो पीडा तिम्रो लागि मजाक थियो।
आज मेरो फोटो हेरेर नरोऊ। त्यो आँसु ढिलो भइसकेको छ। मेरो चिहानमा फूल नराख। त्यो फूलभन्दा धेरै मूल्यवान् एउटा साथ थियो, जुन तिमीले कहिल्यै दिएनौ।
माथिबाट हेर्दा देखिरहेको छु—मान्छेहरू अझै उस्तै छन्। कसैको पीडा बुझ्न समय छैन। कसैको मौनता पढ्न फुर्सद छैन। म जस्तै अरू धेरै मान्छेहरू जिउँदै मर्दै छन्।
यदि मेरो हङ्सको कुरा कसैले सुन्दैछ
16/05/2026
कठोर बन्नु मेरो मजबुरी थियो किनकि मलाई थाहा थियो
यदि म टुटे भने मलाई सम्हाल्न कोही आउँदैन।😥🙏🏼
16/05/2026
आज उसको शवयात्रामा असाध्यै भिड छ…
गल्लीभरि मानिसहरू उभिएका छन्।
कोही आँखा पुछ्दै छन्,
कोही उसको राम्रोपन सम्झिँदै छन्,
कोही ढिलो गरी दुःखी भएको अभिनय गर्दै छन्।
तर त्यो लासमाथि ओढाइएको सेतो कफनले शायद मनमनै हाँसिरहेको छ
“जिउँदो हुँदा यति धेरै मान्छे कहाँ थिए…?”
ऊ कहिल्यै धेरै माग्ने मान्छे थिएन।
उसलाई धन चाहिएको थिएन,
न त ठूलो खुशी।
उसले त केवल एउटा मन खोजेको थियो
जहाँ ऊ नाटक नगरी रुन सकोस्।
एउटा काँध खोजेको थियो
जहाँ उसले आफ्नो थाकेको आत्मा बिसाउन सकोस्।
तर उसले जति ढोका ढकढक्यायो,
हरेक ढोकाबाट केवल चिसो मौनता फर्कियो।
उसले धेरै चोटि आफूलाई सम्हाल्ने प्रयास गर्यो।
आफ्नै आँसु आफैं पुछेर मुस्कुराउन सिक्यो।
भित्र हजार चोटि मरिरहँदा पनि
बाहिर “म ठीक छु” भन्न सिक्यो।
किनकि उसलाई थाहा थियो
यो दुनियाँलाई सत्य पीडा मन पर्दैन,
मानिसहरूलाई त केवल रमाइलो अनुहार चाहिन्छ।
कति रात उसले सिरानी भिजायो …
कति रात छत हेर्दै बिहान कुर्यो …
कति चोटि आफ्नै छाती समातेर
“अब सक्दिन…” भनेर चुपचाप रोयो…
तर कसैले सुनेन।
उसको मौनता यति गहिरो भयो
कि अन्ततः ऊ आफैंभित्र हरायो।
सबैभन्दा दुखद कुरा के थियो भने
ऊ मर्नुभन्दा अगाडि नै मरिसकेको थियो।
मानिसहरूको बेवास्ताले,
अधुरा सम्बन्धहरूले,
र “पछि कुरा गरौँला” भन्ने झुटा आश्वासनहरूले
उसको आत्मा बिस्तारै च्यातिएको थियो।
आज उसको जन्ती निस्किएको छ,
काँध दिन मानिसहरूको लाइन लागेको छ।
तर विडम्बना हेर…
जब ऊ जिउँदै थियो,
त्यही काँधको अभावले
हरेक रात ऊ भित्रभित्रै गलिरहेको थियो।
आज धेरैले उसको फोटो राखेर स्टाटस हाल्नेछन्,
“Rest in peace” लेख्नेछन्,
तर कसैले यो लेख्ने छैन
“माफ गर,
तँ बाँच्न खोज्दै गर्दा
हामीले तेरो चिच्याहट सुन्न सकेनौँ…”
उसको चितामा आगो बलिरहँदा
सायद उसको अधुरा सपनाहरू पनि सँगै जलिरहेका थिए।
त्यो आगोमा केवल एउटा शरीर जल्दैन,
त्यहाँ त कसैको विश्वास जलिरहेको हुन्छ,
कसैको प्रतीक्षा,
कसैको अन्तिम आशा।
र जब खरानी मात्र बाँकी रहन्छ,
त्यसपछि सबैलाई अचानक उसको महत्व थाहा हुन्छ।
तर मृत मानिसलाई अब मायाको आवश्यकता हुँदैन।
किनकि ऊ त त्यो ठाउँमा पुगिसकेको हुन्छ
जहाँ न उपेक्षाले दुखाउँछ,
न एक्लोपनले मार्छ।
पीडा त यहाँ बाँकी भएकाहरूलाई हुन्छ
त्यो सोचेर कि,
यदि कसैले समयमै उसको काँपिरहेको हात समातेको भए…
यदि कसैले उसको “म ठीक छु” भित्रको चिच्याहट
10/05/2026
उसले छोएको हरेक अङ्ग घृणाले भरिएको छ
मिल्थ्यो भने आफूलाई जलाएर शुद्ध पार्दिन्थे।🥺
06/05/2026
हिजोसम्म मेरो थरलाई आफ्नो सिउँदोको
शोभा बनाउने कसम खाने उनी,
आज मेरो नाम सुन्दा पनि
अपरिचित झैं व्यवहार गर्छिन्।
सायद प्रेमको गहिराई भन्दा
स्वार्थको उचाई बढी भएर होला,
नत्र त मेरो नाम लिन पनि यति धेरै घृणा त नहुनु पर्ने!
जिन्दगीको यो मोडमा आएर महसुस हुँदैछ—
मान्छेले सपना देखाउन जति सजिलो मान्छ,
त्यही सपनालाई लत्याएर अघि बढ्न
त्यो भन्दा पनि सजिलो मान्दो रहेछ।"
06/05/2026
तिमिले ठिकै भनेको थियौ "दुनिया मतलबि छ।".. साँचै मेरो दुनिया त तिमि थियौ...
06/05/2026
सम्बन्ध टुट्नु सधैं अदालतको कागजले मात्र प्रमाणित हुँदैन ।
कतिपय सम्बन्धहरू यस्ता पनि हुन्छन्, जहाँ डिभोर्स भएको घोषणा हुँदैन,
तर मनहरू धेरै अगाडि नै छुट्टिसकेका हुन्छन् ।
यसलाई नै आजकल “साइलेन्स डिभोर्स” भनिन्छ।
पहिला–पहिला साना कुरामा पनि घण्टौँ कुरा हुन्थ्यो ।
दिनभरको थकाइ पनि एक–अर्कासँग कुरा गर्दा हराउँथ्यो ।
एउटा सानो म्यासेजले पनि मुस्कान ल्याउँथ्यो ।
तर समयसँगै थाहा नै नपाई
कुराकानी कम हुँदै जान्छ…
चासो हराउँदै जान्छ…
र एकदिन यस्तो अवस्था आउँछ —
जहाँ कुरा गर्नुपर्ने आवश्यकता नै महसुस हुँदैन।
एउटै घर हुन्छ,
एउटै कोठा हुन्छ,
एउटै भान्सा, एउटै टेबुल…
तर मन भने फरक–फरक संसारमा बाँचिरहेको हुन्छ।
साथै बसिन्छ, तर साथ हुँदैन ।
सुन्ने कान हुन्छन्, तर बुझ्ने मन हुँदैन ।
हासो हुन्छ, तर त्यो आत्माबाट आएको हुँदैन —
केवल औपचारिक हुन्छ।
साइलेन्स डिभोर्सको सबैभन्दा ठूलो पीडा के हो भने,
यसमा झगडा पनि हुँदैन ।
न त ठूलो आवाज, न त आँसु देखिने गरी रोइन्छ।
सबै कुरा शान्त हुन्छ… असाध्यै शान्त।
तर त्यो शान्तभित्र धेरै अधुरा प्रश्नहरू,
अधुरा अपेक्षाहरू र दबिएका भावनाहरू लुकेका हुन्छन्।
कहिलेकाहीँ त मान्छेले आफैलाई सोध्छ —
“के म साँच्चै सम्बन्धमा छु ?
कि केवल जिम्मेवारी निभाइरहेको छु ?”
बाहिरका मानिसहरूले देख्छन् —
सबै ठीक छ ।
फोटोहरू राम्रो आउँछन् ।
समारोहहरू सँगै जान्छन् ।
तर कसैले देख्दैन
कि राति सुत्दा दुवैबीच कति ठूलो दूरी हुन्छ।
कागजी डिभोर्समा कम्तिमा सत्य स्वीकारिन्छ ।
मान्छे छुट्टिन्छन्, पीडा हुन्छ, तर
नयाँ सुरुवातको सम्भावना पनि खुल्छ।
तर साइलेन्स डिभोर्समा
मान्छे न छुट्टिन सक्छ,
न त सँगै भएर बाँच्न सक्छ।
उनीहरू बीचको सम्बन्ध
न बाँचिरहेको हुन्छ, न पूर्ण मरेको हुन्छ —
केवल घिस्रिरहेको हुन्छ।
सम्बन्ध बचाउन कहिलेकाहीँ ठूलो काम गर्नुपर्दैन ।
साना कुराहरू नै काफी हुन्छन् —
मन खोलेर कुरा गर्नु,
एकअर्कालाई समय दिनु,
गल्ती स्वीकार्नु,
र सबैभन्दा महत्वपूर्ण —
“म अझै यहाँ छु” भन्ने अनुभूति दिनु।
किनकि अन्ततः
सम्बन्धलाई मार्ने कुरा दूरी होइन,
अनुभूति हराउनु हो।
25/04/2026
:🙏जिन्दगी एउटा यात्रा हो । यो यात्रा पार गर्नलाइ लाखौ कदम चाल्नु पर्छ र जुन कदम कहिले हिलोमा त कहिले धुलो अनि कहिले काडामा त कहिले ठेस लाग्न र कहिले पुष्प गुच्छामाथि भईन्छ त्यसैले हासो र रोदन एउटै सिक्काको दुई पाटा हुन तर आफुले आफैलाइ सम्हाल्नु पर्छ किनकी अरु मान्छेहरु त बस ! तपाइको अमुल्य आशुमा रमिता हेरेर तपाईंकै खिल्ली उडाउन दाउ हेरेर बसिरहेका हुन्छ्न नि यति राम्रो प्रतिभाले सन्सार भरी बसेको मानिसको मन जित्न सफल रहोस र शत्रुको नास होस भनी सफलता को अनगिन्ती शुभकामना ह्जुर॥ 🙏❤❤
25/04/2026
"संसारकै सबैभन्दा धनी मान्छे उही हो, जसको घरमा पर्खिने आमा र भरोसा गर्ने बुबा हुनुहुन्छ। 💕💕