11/06/2026
यस विद्यालयका कर्तव्यनिष्ठ शिक्षक अमर श्रेष्ठका पूजनीय पिता स्वर्गीय राम बहादुर श्रेष्ठकाे मिति २०८३ जेठ २७ असामयिक निधन भएकोले स्वर्गीय राम बहादुर श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।"
"ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्। हार्दिक श्रद्धाञ्जली।"
04/06/2026
आदरणीय अभिभावक ज्यू साथै SEE उत्तीर्ण विद्यार्थीहरु!
दक्षिणकाली नगरपालिका द्वारा भाेली ( २०८३-०२-२२ गते ) आयाेजना गर्न लागेकाे माध्यमिक शिक्षा परीक्षा (SEE ) २०८२ मा उत्तीर्ण हुने सबै विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा यस विद्यालयबाट SEE उत्तीर्ण गरेकाे सम्पूर्ण विद्यार्थीहरु बिहान ७ बजे विद्यालय परिसरमा भेला भई फर्पिङ बसपार्कमा जम्मा अनुराेध गर्दछौं र याे सूचना थाहा पाउनु हुने शिक्षक, अभिभावक र अन्य महानुभावहरुले नजिकमा रहेका र भेटभएका साथै चिनेका विद्यार्थीहरुलाई खबर गरि सहयाेग गरिदिनु हाेला।
01/06/2026
"सपना देख्ने मात्र होइन, सपना पूरा गर्ने बाटो रोज्नुहोस्।
गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र उज्ज्वल भविष्यको सुनिश्चितताका लागि
कक्षा ११ मा आजै भर्ना हुनुहोस् – शिखरतर्फको यात्रा शिखरापुरबाट सुरु हुन्छ।"
📚 Streams: Management | Humanities
📍 Pharping, Dakshinkali
📞 For Details: 9849317732 / 9841463712
"Learn Today, Lead Tomorrow!" 🌟
29/05/2026
🇳🇵 १९औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
22/05/2026
To all the SEE graduates(2082 Batch) of Shikharapur Community School.
12/05/2026
Heartiest congratulations to Safalta Nepali with a perfect 4.0 GPA and all the students for passing the SEE 2082 !
The School Management Committee expresses its sincere gratitude to everyone, as this success was made possible through your relentless hard work and the excellent guidance of parents and teachers. Best wishes for your future academic journey!
12/05/2026
एस इ इ परीक्षा - २०८२ मा उत्कृष्ट ग्रेड 4.0 GPA ल्याउन सफल विद्यार्थी सफलता नेपाली लगायत एस. इ.इ उतीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यकाे कामना
विद्यालय प्रशासन सम्पूर्ण अभिभावक ,शिक्षक तथा शुभचिन्तकहरूलाई हृदयबाट धन्यवाद दिन चाहन्छ ।
11/12/2025
प्राज्ञिक विद्यार्थी परिषद ,नेपाल दक्षिणकाली इकाई समिति द्वारा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सम्झना हमाल र द्वितीय स्थान हासिल गर्न सफल सफलता नेपालीलाई हार्दिक बधाई