EPS process & information of Nepal

EPS process & information of Nepal

Share

EPS NEWS जानकारी को लागि हाम्रो पेजलाई लाइक गर्नुहोस ?

21/06/2026

सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले आजदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।

विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।

कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट पिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब उप्रान्त सो कार्डमा रहेको क्युआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ ।

21/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।

21/06/2026

कोरियामा उद्योगअनुसार फरक फरक न्यूनतम ज्याला लागू गर्ने प्रस्ताव अस्वीकृत, अर्को वर्ष पनि सबैलाई एउटै न्यूनतम ज्याला कायम हुने 😍

दक्षिण कोरियाको न्यूनतम ज्याला आयोग (최저임금위원회) ले सन् २०२६ का लागि पनि उद्योग वा व्यवसायअनुसार फरक फरक न्यूनतम ज्याला लागू नगरी हालको जस्तै एकल न्यूनतम ज्याला प्रणाली कायम राख्ने निर्णय गरेको छ।

जुन १९ मा सेजोङस्थित सरकारी परिसरमा बसेको आयोगको छैटौं पूर्ण बैठकमा उद्योगअनुसार न्यूनतम ज्याला फरक लागू गर्ने प्रस्तावमाथि मतदान गरिएको थियो। मतदानमा १५ मत विपक्षमा, ११ मत पक्षमा र १ मत अमान्य परेपछि उक्त प्रस्ताव अस्वीकृत भएको हो।

बैठकमा रोजगारदाता र श्रमिक पक्षबीच तीव्र मतभेद देखिएको थियो। रोजगारदाता पक्षले विशेष गरी रेस्टुरेन्ट तथा खाद्य सेवा क्षेत्रजस्ता व्यवसायहरूमा न्यूनतम ज्याला कम राख्नुपर्ने माग गरेको थियो। उनीहरूको तर्क थियो कि केही साना तथा कमजोर व्यवसायहरूले हालको न्यूनतम ज्यालाको भार समेत थेग्न कठिन भइरहेको छ।

कोरिया इन्टरप्राइजेज फेडरेशनका कार्यकारी निर्देशक र्यु कि जुङले “औद्योगिक क्षेत्रमा न्यूनतम ज्याला स्वीकार गर्ने क्षमता सीमामा पुगेको छ” भन्दै कम आम्दानी भएका केही व्यवसायहरूमा छुट्टै न्यूनतम ज्याला लागू गर्नुपर्ने बताएका थिए।

तर श्रमिक पक्षले भने उद्योगअनुसार फरक ज्याला लागू गर्दा कामदारहरूबीच भेदभाव हुने र श्रम अधिकार कमजोर हुने भन्दै प्रस्तावको विरोध गरेको थियो। अन्ततः मतदानबाट रोजगारदाता पक्षको प्रस्ताव अस्वीकृत भएको हो।
यसै बैठकमा दुवै पक्षले सन् २०२६ को न्यूनतम ज्यालासम्बन्धी आफ्नो प्रारम्भिक प्रस्ताव पनि पेश गरेका छन्। रोजगारदाता पक्षले हालको जस्तै प्रतिघण्टा १०,०३० वन कायम राख्न अर्थात् कुनै वृद्धि नगर्न प्रस्ताव गरेको छ।
यता श्रमिक पक्षले भने हालको ज्यालाभन्दा १४.७ प्रतिशत वृद्धि गरी प्रतिघण्टा ११,५०० वन कायम गर्न माग गरेको छ।
अब आगामी बैठकहरूमा दुवै पक्षबीच छलफल र समायोजनको प्रक्रिया जारी रहनेछ। अन्तिम न्यूनतम ज्याला दर भने आगामी जुलाईभित्र तय गरिने अपेक्षा गरिएको छ।

21/06/2026

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकका लागि अनलाइनमार्फत आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) आफैँ डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

21/06/2026

कोरियाको आनसानमा रहेको एक कम्पनीमा मेसिनमा च्यापिएर १ जना कामदारको ज्या´न गयो 😥🇰🇷

दक्षिण कोरियाको ख्यङ्गिदो प्रान्त अन्तर्गत आनसान शहरमा रहेको एक कम्पनीमा मेसिनमा च्यापिएर एक कामदारको ज्या´न गएको छ।

ख्यङ्गिदो अग्नि तथा विपद् व्यवस्थापन मुख्यालय र प्रहरीका अनुसार जुन २० तारिख राति करिब ८:५७ बजे अनसानको थानवन गुस्थित एक कम्पनीबाट एक कामदार मेसिनमा च्या`पिएको छ भन्ने आपत्कालीन सूचना प्राप्त भएको थियो।

घ´टनास्थलमा पुगेका उद्धारकर्मीहरूले कामदारलाई बाहिर निकाल्ने प्रयास गरे पनि उनको घ´टनास्थलमै ज्या`न गएको पुष्टि गरिएको छ।
उनी करिब ५० वर्षका पुरुष रहेको र उनी बाह्य ठेकेदार कम्पनीका कर्मचारी भएको खुलेको छ। दु´र्घटना हुँदा उनी कम्पनीको विद्युत् उपकरण मर्मतसम्भारको काम गरिरहेका थिए।

प्रहरी र सम्बन्धित निकायहरूले दुर्घ´टनाको ठ्याक्कै कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन्।

18/06/2026

नेपाल को ड्राइभिङ लाइसेन्स लाई कोरियन लाइसेन्स मा परिवर्तन गर्न आवश्यक महत्वपुर्ण कागजात हरू यसप्रकार छ

18/06/2026

कर्मभूमिको Full समर्थनमा छु 🇰🇷🫶🏻
대한민국 회이팅 ❤️

ल भोलिको स्कोर अनुमान गर्नुहोस् है 🔥 🤔

18/06/2026

मेक्सिकोविरुद्ध दक्षिण कोरियाको अग्निपरीक्षा, जिते नकआउट चरण नजिक पुग्ने, कोरियामा रहेका नेपालीहरुकोतर्फबाट शुभकामना 🇰🇷🔥
भोलि दक्षिण कोरिया र मेक्सिकोबीच विश्वकपको महत्वपूर्ण खेल हुँदैछ। FIFA विश्वकप अन्तर्गत समूह ‘A’ को यो खेल कोरिया समय अनुसार भोलि बिहान १० बजे मेक्सिकोको ग्वाडालाहारामा खेलिनेछ।
पहिलो खेलमा दक्षिण कोरियाले चेकियालाई २-१ ले हराएको थियो भने मेक्सिकोले दक्षिण अफ्रिकामाथि २-० को जित निकालेको थियो। दुवै टोली ३-३ अंकका साथ मैदानमा उत्रने भएकाले यो खेल समूहको शीर्ष स्थान निर्धारण गर्न महत्वपूर्ण मानिएको छ।
विश्वकप इतिहासमा दक्षिण कोरिया र मेक्सिकोबीच भएका भेटहरू सधैं प्रतिस्पर्धात्मक रहँदै आएका छन्। सन् १९९८ को विश्वकपमा मेक्सिकोले कोरियालाई ३-१ ले हराएको थियो भने पछिल्ला वर्षहरूमा दुवै टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूमा एकअर्काविरुद्ध राम्रो प्रदर्शन गरेका छन्। मेक्सिको घरेलु मैदान र समर्थकको साथमा खेल्ने भएकाले उसलाई केही फाइदा भए पनि दक्षिण कोरिया पनि उत्कृष्ट लयमा देखिएको छ।
दक्षिण कोरियाको टोलीमा कप्तान सोन ह्युङ मिन मुख्य आकर्षण रहनेछन्। पहिलो खेलमा देखाएको आत्मविश्वास र टोलीको एकताले कोरियाली समर्थकहरूलाई आशावादी बनाएको छ। युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र बलियो रक्षापंक्तिका कारण कोरिया यसपटक समूह चरण पार गर्ने दाबेदार टोलीमध्ये एक मानिएको छ।

भोलिको खेलमा दक्षिण कोरियाले जित हात पारेमा नकआउट चरण पुग्ने सम्भावना अत्यन्त बलियो हुनेछ। लगातार दुई खेल जितेर ६ अंक पुर्‍याउन सके कोरिया समूहको शीर्ष स्थानतर्फ अग्रसर हुनेछ। बराबरी भए पनि कोरियाको अर्को चरणमा पुग्ने सम्भावना कायम रहनेछ, तर हार भएमा अन्तिम खेलको नतिजामा निर्भर रहनुपर्ने अवस्था आउन सक्छ।

कोरियामा बसोबास गर्ने नेपालीहरूका लागि पनि यो खेल विशेष चासोको विषय बनेको छ। लाखौं नेपालीहरूको कर्मभूमि बनेको दक्षिण कोरियाको राष्ट्रिय टोलीलाई समर्थन गर्दै धेरै नेपाली समर्थकहरू भोलिको खेलको प्रतीक्षामा छन्। अब हेर्न बाँकी छ, मेक्सिकोको मैदानमा कोरियाले अर्को ऐतिहासिक जित निकाल्न सक्छ कि सक्दैन।

13/06/2026

🏆 कुन टिमको सपोर्ट गर्दै हुनुहुन्छ साथीहरू ?⚽ 🤔

1. नेदरल्यान्ड 🇳🇱
2. स्पेन 🇪🇸
3. पोर्चुगल 🇵🇹
4. ब्राजिल 🇧🇷
5. अर्जेन्टिना 🇦🇷
6. फ्रान्स 🇫🇷
7. जर्मनी 🇩🇪

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu