24/06/2026
Big applause for our PRBB Contest Winners!
Huge congratulations to Neha, Prajisa, Anushka, and Shreeyana for dominating the News Writing ranks, and a massive shoutout to our creative artists for their award-winning environmental drawings!
You have made us incredibly proud. Keep pushing boundaries and expressing your brilliant ideas!
23/06/2026
सूचना!
विषय: SEE २०८२ को प्रमाणपत्र तथा ग्रेड सिट वितरण सम्बन्धी जानकारी।
यस पञ्चरत्न बाल वाटिका बोर्डिङ स्कूलबाट SEE २०८२ को परीक्षा दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा यो सूचना मार्फत जानकारी गराइन्छ कि, शिक्षा विकास तथा समन्वय एकाईबाट यस विद्यालयका विद्यार्थीहरूको आधिकारिक प्रमाणपत्र र ग्रेड सिट प्राप्त भइसकेको छ। अतः, तपाइँहरू विद्यालयमा उपस्थित भई आफ्नो प्रमाणपत्र र ग्रेड सिट बुझिलिनुहुन सूचित गरिन्छ।
विशेष ध्यान दिनुपर्ने कुरा:
प्रमाणपत्र र ग्रेड सिट लिनु अगाडि विद्यालय वा होस्टेलमा बुझाउन बाँकी रहेको सम्पूर्ण बक्यौता रकम (Fees) अनिवार्य रूपमा चुक्ता (Clear) गरेको हुनुपर्नेछ।
धन्यवाद
PRBB Admin.
22/06/2026
सम्झनाका केही पलहरू!
समयको गति पनि कति चाँडो बदलिने! हिजो जस्तो मात्र लाग्छ यी प्यारा नानीहरूसँग मुस्कुराएर तस्बिर खिचेको। आज समय फेरिएको छ। यिनीहरू आ-आफ्नो विद्यालयबाट एसएलसी (SEE) उत्तीर्ण गरी विभिन्न क्याम्पसहरूमा उच्च शिक्षा हासिल गर्दै होलान्। 🎓📚तिमीहरू जहाँ भए पनि, आफ्नो उच्च शिक्षालाई निकै लगनशीलताका साथ अगाडि बढाउनू। जीवनको हरेक पाइलामा सफलता मिल्दै जाओस् र भविष्य उज्ज्वल बनोस्—मेरो तर्फबाट धेरै-धेरै आशिर्वाद र हार्दिक शुभकामना! ❤️🙌
19/06/2026
To foster better writing skills among students, the school organized a News story writing competition. Interested students from grades VI through X participated, with various topics assigned to them.
19/06/2026
Today's Scout Training Program .
Today, as usual Scout session was conducted for our students by our Scout Instructor.
The program focused on meaningful group discussions regarding important Scouting principles. Additionally, inspiring Scout songs were presented through video, and the students had a wonderful time singing along with great enthusiasm!
17/06/2026
Grade three students are fully engaged in a computer practical class.
Total stydents participation ensures efficient learning, while regular teacher feedback makes the session highly fruitful.
15/06/2026
https://youtu.be/LKF76kVWZrM
Dive Into Your Dreams #schoolmemories #swimming. Fun at Fun Valley. 2083.
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
14/06/2026
सम्मान र आभार!🙏
आज हात्तीवन सामाजिक सेवा केन्द्र द्वारा आयोजित गरेको एक सम्मान कार्यक्रममा हाम्रो विद्यालयलाई शैक्षिक सत्र २०८२ को S.E.E. परीक्षामा शत-प्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हात्तीवन सामाजिक सेवा केन्द्र (केवल-जय-भगवती अविनाशी कोष) फार्पिङ द.न.पा. काठमाडौँ, बाट प्रशंसा-पत्र सहित मायाको चिनो प्राप्त गरेको जानकारी गराउँदा हामीलाई अत्यन्तै गर्व लागेको छ।
यस गरिमामय सम्मानका लागि हात्तीवन सामाजिक सेवा केन्द्रप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
यो सफलता हाम्रा जेहेन्दार विद्यार्थीहरू, समर्पित शिक्षक शिक्षिकाहरू र आदरणीय अभिभावकज्यूहरूको सामूहिक मिहिनेतको परिणाम हो। ❤️🙏