Mundhum Academy मुन्धुम एकाडेमी

Mundhum Academy मुन्धुम एकाडेमी

Share

An Academic Study & Research Center of Eastern Indigenous Knowledge and Skills.

01/10/2024

सादर निमन्त्रणा !

मुन्धुम एकाडेमीको अर्को प्रकाशन
मदन पुरस्कार (२०७७) विजेता
इतिहासकार भगिराज इङ्नामकृत
एक ऐतिहासिक कृति
“लिम्बुवानका अभिलेख सङ्ग्रह (२०८१)’’
निम्न मिति, स्थान र समय
पूर्व कुलपति (ने.प्र.प्र.) बैरागी काइँलाज्यूको
प्रमुख आतिथ्यमा हुने विमोचन समारोहमा
उपस्थितिका लागि
शुभेच्छुक सबैमा
सादर निमन्त्रणा गर्दछौं ।

कार्यक्रम
मितिः २०८१ असोज १८ गते शुक्रबार
स्थानः ललितपुर चुम्लुङ्हिम, शोभाहिटी
समयः दिनको १ः३० बजे ।

– मुन्धुम एकाडेमी

06/10/2023

लिम्बू इतिहास पुस्तक पाइने ठाउँ र सम्पर्क :
१. मुन्धुम एकाडेमी/याक्थुङ सेमी कलेक्सन, तिखेदेवल, विशालचोक, ललितपुर (9842708653)
२. परेश बुक्स नेपाल बैंक छेउ, धरान
३. सम्पूर्ण किताब पसल, ग्लोवल बैंक भवन, भद्रपुर रोड, विर्तामोड (9852639651)
४. झापा-मोरङ (भवानी लिम्बू 9825915637)
५. रत्न पुस्तक भण्डार, बागबजार/माइतीघर मण्डला, काठमाडौं
६. पाटन बुक्स, पाटन ढोका, पाटन, ललितपुर
७. डायमण्ड पुस्तक पसल, फेदेन, पान्थर
८. नयाँ वानेश्वर, काठमाडौं 9807976179
९. मैनाली पुस्तक पसल, छाताचोक, धरान
---
मूल्य रू. ५५०।-
---
नोट: थप डेलिभरी चार्जसहित काठमाडौं उपत्यकामा अर्डर गरेको ३ दिनभित्र घर वा कार्यालयसम्मै पुर्याउने व्यवस्था समेत छ ।

04/10/2023

आफ्नो इतिहास आफैं लेख्ने प्रयास:

एक जाति वा समुदायको खास इतिहास उसैसँग हुन्छ । आफ्नो इतिहास आफैंले भन्न नसके पनि उसको संस्कार, संस्कृति, सामग्री, भाषा र मुन्धुमजस्ता मौखिक परम्पराले केही न केही भनिरहेकै हुन्छ । इतिहास अन्वेषक वा लेखकले त त्यही जाति वा समुदायसितै कुनै न कुनै रूपमा जीवन्त रहेका तिनै ऐतिहासिक माध्यमबाटै सम्बद्ध जातिको इतिहासलाई औंल्याएर प्रष्ट पार्दै, लेख्दै, सच्याउँदै जानुपर्ने रहेछ ।

समग्र नेपालकै वास्तविक इतिहास अझसम्म लेखिएको छैन । केवल तत्कालीन गोरखा र नेपाल उपत्यकाको मात्र केही इतिहास लेखिएका छन् । त्यसमा पनि केही जाति र राजाका वंशावली, बढाइचढाइ, हजुरी, पारिवारिक कलह, लडाइँ लडेको र जितेको विषयमै सिमित छन् । नेपाल राज्यबाट सबै नेपालीहरूको इतिहास अझसम्म अन्वेषण भएको छैन । सबै नेपाली जनता र राष्ट्रहरूको इतिहास अन्वेषण गरी लेखेर एउटै रङ्गीचङ्गी फूलको मालामाउनिएकै छैन । जे जति लेखिएका नेपाली इतिहासले यहाँका विभिन्न जाति, राष्ट्र र समुदायको इतिहासलाई बरु तोडमोड गरेको छ । विभिन्न सभ्यता र ऐतिहासिक धरातलका जन समुदायलाई एउटै सभ्यतामा गाँजेर उनीहरूको वास्तविक इतिहास, अस्तित्व र पहिचानलाई नै नामेट पारिएको छ ।

यसै सन्दर्भमा, इतिहासका एक गम्भीर र गहिरो अध्येता अग्रज लेखक कृष्णविव्रmम नेम्बाङ्ले आफ्नो जीवनको उत्तराद्र्धमा करिब २० वर्ष त केवल इतिहासको गहिरो अध्ययनमै गुजार्नु भयो । केही इतिहाससम्बद्ध लेख रचना र ग्रन्थहरू पनि प्रकाशन गर्नुभयो । यसको अघिल्लो ग्रन्थ मुन्धुम एकाडेमीकै पहल र प्रकाशनमा प्रकाशित ‘इतिहास पहिचानः प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ (वि.सं. २०७८) हो । यसले आफ्नो इतिहासलाई पहिचान गर्ने व्रmममा प्राचीन सिन्धुघाटी सभ्यताको उदय र अन्त्य, प्राचीन गाङ्गेय सभ्यताको प्रारम्भ, प्राचीन किरातको उद्भव र प्रसारबारे यथार्थ जानकारी गराउँदै निहित भ्रमहरूलाई चिरफार गरेको छ । प्राचीन नेपालको इतिहास र भूगोलमा रहेको भ्रमलाई चिरफार गरेर वास्तविकता उजागर गरेको छ । यसैमा, प्राचीन नेपालको इतिहास र भूगोलमा रहेको भ्रमलाई प्रष्ट्याउँदै सबै नेपाली जातिले आ-आफ्नो इतिहास र भूगोलको पहिचान गर्ने सहीमार्ग प्रशस्त गरेको छ । सोही ग्रन्थमा, लिम्बु-सुभाहाङ्को ऐतिहासिक रूपरेखा कोरेर सावा य़ेत्हाङ् तथा थिबोङ् याक्थुङ-लिम्बू जातिको इतिहास पहिल्याइएको छ । साथमा, लिम्बूजातिको विवाह प्रथा, ‘लिम्बु’ जातिनाम र लिम्बुवानबारे छरिएका केही ऐतिहासिक भ्रमहरूलाई पनि प्रष्ट पारिएको छ ।

अरूले लेखिदिएको धेरैजसो इतिहासमा यस्तै अनेक भ्रमहरू छरिएका हुन्छन् । त्यो नजानेर वा नियतवश पनि यस्ता भ्रान्तिहरू लेखिएका हुन्छन् । त्यस्ता भ्रान्तिहरूलाई सही साक्ष्यले नसच्याएसम्म सिङ्गो जाति र समुदायकै वास्तविक पहिचान कायम गर्नमा समस्या परिरहन्छ । त्यसैले, आफ्नो इतिहास आफैले अन्वेषण गर्नु र लेख्नु परेको हो । यसै मेसोमा उही कृष्णविव्रmम नेम्बाङ्कै अध्ययन, अन्वेषण, लेखन तथा मुन्धुम ऐकाडेमीको प्राज्ञिक साथ-सहयोग र पहलमा ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ (वि.सं.२०८०) प्रकाशन गरिएको छ ।

यो ग्रन्थले प्राचीन सावा ये़त्हाङ तथा याक्थुङ लाजेॽ ‘लिम्बुवान’ का हाल ‘लिम्बू’ जातिको वास्तविक इतिहासलाई पहिचान गर्न थप सहयोग गर्नेछ । यसका साथै, इतिहासमा लिम्बू जातिसित अन्तरसम्बन्ध तथा ऐतिहासिक सम्बन्ध राख्ने तिब्बती, लेप्चा, कोच, सेन र रायका बारेमा पनि अनेक तथ्यहरू उजागर गरेको छ । यसरी, यस्ता अन्तरसम्बन्ध तथा ऐतिहासिक सम्बन्धहरूलाई अनेक साक्ष्य-प्रमाणका आधारमा मिहिन रूपले नकेलाएसम्म सम्बद्ध जातिको वास्तविक इतिहासको पहिचान हुँदैन ।

त्यसैले, यो ग्रन्थ लिम्बूजाति तथा सम्बद्ध तिब्बती जाति, लेप्चा (लाप्चा), कोच (मेचे, राजवंशी), र नेपालका प्रायः सबै जातिलाई प्रभाव पारेको सेन र राय सम्बद्ध जातिको इतिहासलाई पनि प्रष्ट पार्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यस्तो गहन ग्रन्थ तयार गर्न साथ-सहयोग गर्ने लेखक नेम्बाङ्का परिवार तथा प्रकाशन सहकार्य गर्ने अवकास प्राप्त सिङ्गापुरे टिम एबिराज आङ्देम्बे, क्षितिज लावती, टंक लिम्बू याङ्हिङ्बाङ, मिलन लिम्बू इम्सङ; यूकेटिम जितेन्द्र चेम्जोङ र लाहाङ चेम्जोङ; रुद्र फोम्बो, हङ्कङ; शिशिर निङ्लेकु, जापान र भूपेन्द्र चेम्जोङ, काठमाडौंप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । यस ग्रन्थको सम्पादन र प्रकाशन गर्ने अभिभारा मुन्धुम एकाडेमीलाई सुम्पने लेखक नेम्बाङ्प्रति हार्दिक आभार प्रकट गर्दै यो ग्रन्थ पाठक सामु समर्पण गर्दछौं ।

डी.बी. आङ्बुङ
मुन्धुम एकाडेमी
काठमाडौं
२०८० असोज १७ ।

02/10/2023

सबैलाई निम्तो !
मुन्धम एकाडेमीको प्रकाशन
इतिहासकार कृष्णविक्रम नेम्बाङ लिखित
"लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध" पुस्तक
निम्न मिति, समय र स्थानमा विमोचन हुने कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निम्तो गर्दछौं ।
कार्यक्रम:
मिति : २०८० असोज १७ गते बुधबार
समय : दिनको १:०० बजे
स्थान : श्री तागेरा रेस्टुरेन्ट, थसिखेल, ललितपुर ।
- मुन्धुम एकाडेमी

Photos from Mundhum Academy मुन्धुम एकाडेमी's post 24/06/2023

प्रदेश नामकरण : अभ्यास दृष्टान्त
कमल मादेन लिखित तथा डी.बी. आङ्बुङ सम्पादित ‘‘मुन्धुम ‘पहिचान ग्रन्थमाला’- १’’
हजारौंप्रति प्रकाशन गरी पहुँच पुगेको गाउँ-शहर र देश-बिदेशमा वितरण गरिएको छ ।
यहाँ, सो पुस्तिकाको ई-कपि पनि शुभेच्छुक सबैका लागि सार्वजनिक गरी राखिएको छ ।
https://drive.google.com/file/d/1TiNCWz4T_ieHsDkVImJ829-7KTyH8UWH/view?usp=sharing
यसलाई माथिको लिङ्‌कमा क्लिक गरी डाउनलोड गरेर वा इमेज कपि नै सेभ गरी अध्ययन गरेर उचित क्रिया-प्रतिक्रिया, सल्लाह-सुझाव र साथ-सहयोग गर्नुहुनेछ ।

धन्यवाद !

Photos from Mundhum Academy मुन्धुम एकाडेमी's post 21/05/2023

प्रदेश नामकरणः अभ्यास र दृष्टान्त
मुन्धुम ‘पहिचान ग्रन्थमाला १' प्रकाशन

अहिलेको नेपाल भूमि मूलतः दुई सभ्यताको सङ्गमस्थल बन्यो । ती उत्तर–पूर्वका मङ्‌गोलोइड र दक्षिण–पश्चिमका आर्य सभ्यता हुन् । साथमा खस, द्रविड र मुस्लिम लगायतका सभ्यताको उपस्थिति र प्रभाव पनि छ । नेपालका आदिवासी जनजाति भनिने समुदायले मुख्यतः तिनै मङ्‌गोलोइड सभ्यताका मानव समुदायलाई जनाउँछ । आज नेपाल मूलतः यिनै दुई सभ्यताका जनसमुदायको सङ्‌गम, सङ्ग्राम र सङ्‌घर्षको भूमि बनेको छ । यो सङ्‌घर्षलाई सही संयोजन, व्यवस्थापन र समाधान गर्न सक्दा यही भूमि एक सभ्यताको सिद्धिस्थल त अरू सभ्यताको पनि स्वर्ग बन्नेछ ।

अरू मुलुकझैं अहिलेको नेपाल पनि पहिलेदेखि नै विभिन्न जाति वा राष्ट्रको उद्‌विकासस्थल बन्दै थियो । आफ्नै सभ्यता, संस्कृति र मौलिक जीवनदर्शनले विशिष्ट राज्य निर्माणको चरणमा अघि सर्दै थियो । यहीबेला विशेषतः दक्षिण–पश्चिमबाट विभिन्न कारण र ध्येयले यो भूमिका आएका आर्यसभ्यताका लिच्छवि, मल्ल र सेन लगायतका जनसमुदायले यो राज्यलाई आफ्नो अधिनमा लिए । त्यहीबेलादेखि नै यहाँको मौलिक आदिवासीय सभ्यता, संस्कृति, जीवनदर्शन र राजनीतिले शोषण, दमन र उत्पीडनको सामना गर्नुपर्यो । पहिले केवल व्यावहारिक दमनमात्र बेहोरेका रैथाने समुदायले कालान्तरमा सोही अनुसारको मुलुकी ऐनजस्ता कानुन वा संविधान बनाएर नीतिगत रूपमै दोस्रो दर्जाको नागरिकका रूपमा विभेद् र उत्पीडनको सामना गर्नुपर्यो ।

निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक शाही शासनलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन धेरै जनताले बलिदानी दिए । यति भएर शासन व्यवस्थाको नाम र पात्रसम्म फेरिए । तर शासनको रूप र उत्पीडनको स्वरूप खासै फेरिएन । यो शासन व्यवस्थामै पनि उही निरङ्कुश पञ्चायती व्यवस्था तथा उही राजतन्त्रात्मक शाही शासनकै जस्तो शोषण, दमन र उत्पीडन कायमै छ । मूलतः जाति, भाषा र क्षेत्रकै आधारमा यस्तो शोषण, दमन र उत्पीडनमा परेका जनताले त्यसबाट मुक्त हुन लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा पहिचानमा आधारित संघीयताको व्यवस्था र कार्यान्वयन चाहेका थिए ।

खासमा संघीयता नै नचाहने शासकले पहिलो संविधान सभालाई जबर्जस्त विघटन गरेर पहिचानमा आधारित संघीयताको भ्रुण हत्या गरे । नियोजित दोस्रो संविधान सभामार्फत् उही पुरानै पञ्चायती विकास क्षेत्र र अञ्चलमा आधारित संघीयता र प्रदेशहरूको व्यवस्था गरे । उही शासक जाति र सभ्यताकै वर्चश्व कायम हुने गरी प्रदेशको सङ्ख्या, सीमा र निर्वाचन क्षेत्रहरू निर्धारण गरे । पहिचानवादी शक्तिलाई विभाजन गर्ने र विभाजित नभए आफैमा जुधाउने तवरले सात प्रदेशको खाका थोपरे ।

अन्ततः आफ्नै एकल सभ्यतालाई मात्र सम्बोधन गर्ने एक जातीय तथा गोत्रीय नामहरू कोशी, बाग्मती, गण्डकी र कर्णालीजस्ता कसैले नमागेका नदी नामहरू राखेर संघीयताको मर्म र प्रदेशको प्रतिष्ठालाई नै विद्रुप पार्ने कुत्सित चाल चाले । यो चालले पुनः पनि मुलुकलाई उन्नति र समृद्धि होइन अधोगतितर्फ धकेल्दै छ । सामान्य भौतिक विकास निर्माणका काम त पञ्चायती राणा शासनकालमा पनि भए । प्राविधिक संयन्त्रको विकास र पहुँच त बहुराष्ट्रिय कम्पनीले आफै पनि ल्याउँछन् । जनताले अन्तरात्मादेखि चाहेको पहिचान तथा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार एवम् स्वतन्त्रता अहिलेको राज्य शासनव्यवस्था र संविधानले पनि दिएको छैन ।

अर्नेकोतिर नेपाल युवाविहीन मुलुकजस्तो भएको छ । नेपालमा भएका जनतालाई पनि जबर्जस्त सपनाविहीन बनाइएको छ । अधिकांश शासकहरू भ्रष्टाचार, देशी–विदेशी शक्तिका दलाल, जनताको बेच–बिखन तथा अनेक विकास–निर्माण र ठेक्कापट्टाका नाममा व्यक्तिगत सम्पत्ति जोड्ने र कुम्ल्याउने काममा मात्र निर्लिप्त छन् । जनताले चाहेको जस्तो संविधान, संघीयता, प्रदेश र शासकीय स्वरूप बनाउँदा उनीहरूको शासकीय वर्चश्व र भ्रष्टाचारी धन्दा धरापमा पर्छ । अतः उनीहरू जनताको आकाङ्‌क्षा, माग र आन्दोलनलाई हमेशा दमन गरेरै सिध्याउन चाहन्छन् ।

अहिले विश्वकै मानव सङ्‌घर्ष आफ्नो अस्तित्व, सभ्यता र पहिचानका लागि भइरहेको छ । नेपालका अरू प्रदेश र प्रदेश १ मा पनि जनताले शदीयौंदेखि आफ्नो अस्तित्व, पहिचान र सभ्यताको संरक्षण र संवर्द्धनका लागि सङ्‌घर्ष गर्दै आएका छन् । प्रदेश १ का जनताले कहिलै कथित् कोशी प्रदेशका लागि कुनै माग र सङ्‌घर्ष गरेका थिएनन् । यद्यपि, एक सभ्यताका अति जातिवादी भनौं नश्लवादी शासहरूको नीति, निर्देशन र नेतृत्वमा जनताको माग विपरीत नाम राखेर उनीहरूको अस्तित्व, पहिचान र आत्मसम्मानमै दमन गरी आघात पुर्याएका छन् । यो मुलुक र संघीयतालाई नै धरापमा पार्ने कुत्सित चाल हो । यसबारे जनता सुसूचित हुनु र गराउन हामी सबैको कर्तव्य हो ।
यही कर्तव्यलाई पूरा गर्न मुन्धुम एकाडेमीले यो पुस्तिका ‘प्रदेशक नामकरणः अभ्यास र दृष्टान्त’ जनतामाझ ल्याएको छ । यसको अवधारणामा छलफल र समीक्षा गर्न साथ सहयोग गर्नुहुने अग्रज इतिहासकार कृष्णविक्रम नेम्बाङ, चलचित्रकर्मी नवीन सुब्बा, अधिवक्ता प्रविन पन्दाकप्रति हार्दिक आभार व्यक्त गर्दछौं । अवधारणा अनुसार यो पुस्तिका तयारीका लागि अग्रसर भई लेखन कार्य गर्नुहुने लेखक कमल मादेनप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । यो पहिलो ग्रन्थमालाको प्रकाशनका लागि आर्थिक संयोजन गर्नुहुने लिम्बुवान अभियन्ता रोशन याक्थुङ्बा तथा आर्थिक सौजन्य गर्नुहुने मानव सुब्बा, सुर्य लिम्बू, हेम लिम्बू र योगराज लिम्बू (हाल हङ्‌कङ) प्रति हार्दिक धन्यवाद !

यो पुस्तिकाको डिजाइन र छपाई कार्य मेहनतसाथ गर्नुहुने विवश हेल्लोकप्रति नोगेन् !

मुन्धुम ‘पहिचान ग्रन्थमाला’ का केही शृङ्खलाहरू निरन्तर आउनेछन् ।

- मुन्धुम एकाडेमी
(२०८० बैशाख)

Photos from Mundhum Academy मुन्धुम एकाडेमी's post 21/12/2022

मुन्धुम मन्थन ११
लिम्बुजातिको प्राचीन इतिहास र संस्कृतिबारे बहस

पुस ६, २०७९ । मुन्धुम एकाडेमीको नियमित मुन्धुम मन्थन शृङ्खला ११ मा इतिहास तथा संस्कृति अध्येता पूर्व जनरल कुमार फुदोङ्बाट "लिम्बुजाति तथा लिम्बुवानको प्राचीन इतिहास र संस्कृति" बारे समीक्षात्मक प्रस्तुती भयो ।

अध्येता फुदोङ्ले प्रस्तुतीमा अग्रज इतिहासकार इमानसिंह चेम्जोङले पहिल्याउनु भएको इतिहासलाई औंल्याउँदै लिम्बुजाति तथा लिम्बुवानको प्राचीन इतिहास र संस्कृतिबारे आफ्ना अध्ययनका उपलब्धिहरू साझेदारी गर्नुभयो ।

उक्त विषय सम्बद्ध विभिन्न अध्येतामाझ भएको सो प्रस्तुतीउपर सहभागी रुद्र सन्योक, भीमा खजुम, टेक लावती, राजेश थेगुबा, सजीव योङ्या, प्रेम खजुम र राम मादेन लगायतको प्रश्न रहयो ।

यसैमा अग्रज अध्येताद्वय कमल मादेन र कृष्णविक्रम नेम्बाङ्ले विशेष टिप्पणीसहित सार्थक सुझाव पेश गर्नुभयो ।

Photos from Mundhum Academy मुन्धुम एकाडेमी's post 14/12/2022

मुन्धुम मन्थन १०

समानुपातिक सूचीको नाम खुला गर्न अध्येता तिगेलाको सुझाव

काठमाडौँ, २७ मङ्सिर (रासस): राजनीतिशास्त्रका अध्येता विश्वासदीप तिगेलाले विश्व र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिनुभएको छ ।

मुन्धुम एकेडेमी काठमाडौँद्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीका कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले केके सुधार गर्न आवश्यक छ भन्ने विषयमा पनि तथ्यगत कारण र आधार प्रस्तुत गर्नुभयो । आफूले नेपालको मिश्रित निर्वाचन प्रणाली विकसित देशका भन्दा उत्तम पाएको जिकिर गर्दै तिगेलाले समानुपातिक नाम सूची खुला गर्न सकेमा विकृति नदेखिने बताउनुभयो ।

क्यान्टबरी युनिभर्सिटी बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएका तिगेला हाल राजनीतिशास्त्रमा चीनको सुरक्षा नीति विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । धनकुटावासी लेखकका काव्य, निबन्ध, नियात्रा, अनुसन्धानमूलक कृतिलगायत ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आइसकेको छ ।

कार्यक्रममा एकेडेमीका संयोजक डिबी आङ्बुङलगायत राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीको सहभागिता थियो ।

Photos from Mundhum Academy मुन्धुम एकाडेमी's post 04/11/2022

मुन्धुम मन्थन ९
लिम्बु र लाप्चाका ऐतिहासिक सन्बन्धबारे मन्थन

२०७९ कार्तिक १८ गते मुन्धुम मन्थन शृङ्खलाको नवौं चरणमा लिम्बु र लाप्चाका ऐतिहासिक सम्बन्धबारे एकाडेमीमा प्रस्तुती, समीक्षा र अन्तरक्रिया भयो ।

आफ्नो वास्तविक इतिहास र पहिचान बुझ्न आफ्ना छिमेकी जातिसँगको ऐतिहासिक सम्बन्ध पनि थाहा पाउनु पर्दछ भन्ने ध्येयले यो अध्ययन र बहस भएको हो ।

एकाडेमीमा इतिहास अध्येता कृष्णविक्रम नेम्बाङ्‌को प्रस्तुति रहेको यस कार्यक्रममा विभिन्न विधाका अध्येताहरूको सहभागी रहयो ।

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Lalitpur 14, Tikhedewal
Lalitpur
0977

Opening Hours

Monday 10:45 - 06:00
Tuesday 10:45 - 06:00
Wednesday 10:45 - 06:00
Thursday 10:45 - 06:00
Friday 10:45 - 06:00
Saturday 10:00 - 04:00
Sunday 10:45 - 06:00