Laxmi Adarsha Multiple Campus

Laxmi Adarsha Multiple Campus

Share

Laxmi Adarsha Multiple Campus वि. सं. २०६२ मा त्रिवि वाट स?

20/06/2026

लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा भर्ना खुल्यो।

Photos from Laxmi Adarsha Multiple Campus's post 29/05/2026

हार्दिक बधाई तथा शुभकामना !
यस लक्ष्मी आदर्श बहुमुखी क्याम्पस संचालक समितिको मिति २०८३/०२/१५ गते बसेको बैठकको निर्णय अनुसार यस क्याम्पसका उप-प्राध्यापक तथा निमित्त क्याम्पस प्रमुख श्री तारा देवी शर्माज्यू (Tara Sharma) क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा क्याम्पस सञ्चालक समिति, प्राध्यापक सङ्‌घ तथा सम्पूर्ण क्याम्पस परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

20/05/2026

4-Years B.Ed. Second Year Partial Exam Form -2082
४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने २०८२ सालको ४ वर्षे स्नातक तह वि.वि.एस., वि.एड., वि.एस्सी., वि.ए. दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरि बुझाउनु हुन केन्द्रीय परीक्षा संचालक समितिको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

07/05/2026

यस लक्ष्मी आदर्श बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य श्री छत्रधर आत्रेयज्यू नेपाल उधोग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित हुनु भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख एवं क्याम्पस परिवार

28/04/2026

विषय – शिक्षक सेवा आयोगको तृतीय श्रेणीको खुल्ला परीक्षाको सामान्य कक्षा सञ्चालन सम्बन्धमा ।
उपर्युक्त विषयको सम्बन्धमा यस लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा छिट्टै शिक्षक सेवा आयोगको तृतीय श्रेणीको खुल्ला परीक्षाको सामान्य कक्षा सञ्चालन हुन गइरहेको हुनाले इच्छुक विद्यार्थीहरुले नाम टिपाउनुहुन यसै सूचनाबाट जानकारी गराइन्छ।
सम्पर्क शिक्षक – विकास खनाल
9856044965

16/04/2026

यस लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष श्री चतुराखर अधिकारी श्री लक्ष्मी आदर्श मा.वि. पोखरा – २७, अर्घौ + शिशुवा संयुक्त ज्यामिरकुनाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा र यस क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख श्री हेमराज आचार्य सदस्य पदमा सर्वसम्मत चयन हुनुभएकोमा उहाँहरु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
लक्ष्मी आदर्श बहुमुखी क्याम्पस परिवार
पोखरा – २७, कास्की
सम्पर्क - ०६१५६३५३४

17/03/2026

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्वारा २०८२ साल चैत्र २५ गतेदेखि सांचलन गरिने ४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित/आंशिक परीक्षाको केही परिक्षार्थीहरुको परीक्षा फाराम छुट भएको जानकारी हुन आएकोले परीक्षा आवेदन फाराम छुट हुन गएका परीक्षार्थीहरुलाई केन्द्रीय परीक्षा संचालक समितिको मिति २०८२/१२/०१ गतेको निर्णय अनुसार २०८२ चैत्र २ गते देखि ८ गतेसम्म दोब्बर दस्तुर सहित सम्बन्धित क्याम्पस/कलेजहरुमा अनलाईन परीक्षा फाराम भर्न सबैलाई सूचित गरिन्छ । उपरोक्त मिति पश्चात् फाराम इन्ट्री खोलिने छैन साथै दौब्बर दस्तुर वापतको रकम २०८२ चैत्र ९ गते कार्यालय समय भित्र सूचनामा उल्लेखित प.नि.का. क्षे.प.नि.का. को बैंक खातामा बुझाउन पर्नेछ ।
परीक्षा नियन्त्रक

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Pokhara
33702

Opening Hours

Monday 06:00 - 10:30
Tuesday 06:00 - 10:30
Wednesday 06:00 - 10:30
Thursday 06:00 - 10:30
Friday 06:00 - 10:00