10/06/2026
विभिन्न आरोप र विवादका बीच पनि आफ्नो राजनीतिक यात्रा निरन्तर अघि बढाउँदै आएका सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। छानबिन र सार्वजनिक बहसपछि उनीप्रति देखिएको विश्वासले उनको राजनीतिक पुनरागमनलाई थप बलियो बनाएको छ। यसैबीच, लामो समयदेखि जनचासोको विषय बनेको दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन र समीक्षा गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ। यदि यो प्रक्रिया अघि बढ्यो भने, सत्य तथ्य उजागर गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिने अपेक्षा गरिएको छ।
゚viral 🔔🇳🇵 #
07/06/2026
सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
*ओमानको ब्याटिङ: टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन र १९.४ ओभरमा मात्र ९४ रन बनाएर अल-आउट भयो।
*नेपालको जवाफी ब्याटिङ: ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गर्दै मात्र ९.२ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल सहजै जित्यो।
*महत्त्वपूर्ण उपलब्धि: यो जितसँगै नेपाल फाइनलमा पुगेको छ भने प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली (नेपाल, ओमान, हङकङ र मलेसिया) सन् २०२६ मा जापानमा हुने **एसियन गेम्सका लागि छनोट भइसकेका छन्**।
06/06/2026
🚨 ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ
काठमाडौंको तारकेश्वरमा श्रीमतीको मृत्यु भएको घटनापछि सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ। घटनासम्बन्धी थप तथ्य अनुसन्धानको निष्कर्षपछि सार्वजनिक हुने बताइएको छ।
⚖️ दोषीलाई हदैसम्मको कारबाही होस।??
#नेपाल_समाचार